Friday, January 16, 2026
spot_img

३७ वर्षीय अक्षय बने गोल्यान ग्रुपको नयाँ अध्यक्ष

spot_img
spot_img

नेपालको प्रतिष्ठित र अग्रणी औद्योगिक एवम् व्यवसायिक घराना गोल्यान ग्रुपको नेतृत्व हस्तान्तरण भएको छ । ६ दशक लामो विरासत बोकेको गोल्यान ग्रुपमा ३७ वर्षीय अक्षय गोल्यान अध्यक्षमा चयन भएका छन् ।

यसअिघ ९ वर्षदेखि अक्षय ग्रुपको प्रबन्ध निर्देशक थिए । अब भने उनले सिङ्गो समूहकै नेतृत्व गर्ने भएका छन् । नेतृत्वमा अक्षय गोल्यानको आगमनलाई गोल्यान ग्रुपभित्र नयाँ युगको पदचाप र परिवर्तनको चाहना प्रतिविम्बित भएको विश्लेषण हुन थालेको छ । साथै, पवन कुमार गोल्यानले आफूले नेतृत्व क्षमताको विकास गराउँदै हुर्काएका छोरालाई सिङ्गो समूहकै नेतृत्व सुम्पिएर उदाहरण प्रस्तुत गरेको समेत चर्चा हुन थालेको छ ।

ग्रुपले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो वार्षिक उत्सवको अवसरमा अक्षय गोल्यानलाई समूहको अध्यक्ष चयन गरिएको जनाएको हो । पारिवारिक एकता र रणनीतिक निरन्तरताको सन्देश दिँदै ग्रुपका उपाध्यक्ष बासुदेव गोल्यानले अक्षयलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरिएको औपचारिक घोषणा गरेका थिए ।

‘अक्षय गोल्यान अब ग्रुपको अध्यक्ष र प्रबन्ध निर्देशकको भूमिकामा रहनुहुनेछ, कार्यकारी अधिकारसहित बोर्डको नेतृत्व एकै ठाउँमा केन्द्रित हुनुले गोल्यान ग्रुपको विकास, विस्तार र विश्वव्यापी उपस्थिति थप प्रभावशाली हुने विश्वास गरिएको छ,’ ग्रुपका कर्पोरेट अफेयर्स कम्युनिकेशन्स एण्ड पब्लिक रिलेसन्स प्रमुख ज्योति गैह्रैद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अक्षयले विश्वका ‘उत्कृष्ट १० भित्र’ पर्ने स्पेनको भ्क्ब्म्भ् यूनिभर्सिटीबाट बिजनेश स्टडिजमा स्नातकोत्तर गरेका छन् । अध्ययन पश्चात ९ वर्षदेखि ग्रुपको प्रबन्ध निर्देशक रहेका उनले ग्रुप अन्तर्गतका अन्य कम्पनीहरुलाई समेत प्रत्यक्ष नेतृत्व प्रदान गरिरहेका विज्ञप्तिमा उल्लेख छ ।

गोल्यान ग्रुप नेपालको उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, कृषि र हस्पिटालिटी क्षेत्रमा बलियो उपस्थिति रहेको अग्रणी व्यावसायिक समूह हो । ६ दशक लामो इतिहास बोकेको ग्रुपमा करिब १० हजार कर्मचारी कार्यरत छन् । ६० भन्दा बढी ग्लोबल मार्केटमा उपस्थिति रहेको ग्रुपको वार्षिक कारोबारमात्र ४ सय मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ । नेपालको आर्थिक आत्मनिर्भरतामा टेवा पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै आएको ग्रुपको शीर्ष नेतृत्वमा युवा पुग्नुले मुुलुकको आर्थिक समृद्धिमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

‘यो केबल पदभार ग्रहणमात्र होइन, यो एउटा विरासतलाई आधुनिक युगमा रुपान्तरण गर्ने जिम्मेवारी पनि हो,’ जिम्मेवारी ग्रहणपश्चात अध्यक्ष गोल्यानले भनेका छन्, ‘गोल्यान ग्रुपलाई अब नेपालको सिमानाभन्दा बाहिर एक अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी संस्थाको रुपमा स्थापित गर्न प्रतिवद्ध छौं । हाम्रो ध्यान अब नवप्रवर्तन, दिगो विकास र संस्थागत सुशासनमा केन्द्रित हुनेछ ।’

सञ्चालक समितिले ग्रुपका संस्थापक अध्यक्ष पवन गोल्यानलाई ‘सम्मानित अध्यक्ष’ र प्रमुख संरक्षकको सम्मान दिएको छ । नेपालको अर्थतन्त्र र ग्रुपको विकासमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै सञ्चालक समितिले उक्त सम्मन दिएको जनाएको छ ।

नवनियुक्त अध्यक्ष अक्षय गोल्यानले संस्थापक अध्यक्षबाट प्राप्त हुने मार्गदर्शनले ग्रुपको मूल मर्ममा अडिग रहँदै आधुनिक रणनीतिहरू निर्माण र कार्यान्वयन गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । ‘पवन गोल्यानज्यू ‘अध्यक्ष एमरिटस’ को भूमिकामा रहनु आफैँमा उत्कृष्टताको निरन्तरता हो, ग्रुपले उहाँको रणनीतिक सुझाव र अनुभवको लाभ लिइरहनेछ,’ उनले भनेका छन्, ‘यसले ऊर्जा, कृषि, उत्पादन र निर्यात लगायतका क्षेत्रमा ग्रुपको विस्तारलाई थप मजबुत बनाउनेछ । निरन्तर नवप्रवर्तन विस्तार र नेपालको आर्थिक समृद्धिका लागि काम गरिरहनेछौं ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सहकारीमा भएका बेथिति छानबिनका लागि सरकारले बनायो जाँचबुझ आयोग

सरकारले सहकारीमा भएको बेथिति छानबिनका लागि जाँचबुझ आयोग गठन...

निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको नेपाली काङ्ग्रेसलाई आधिकारिकता प्रदान

निर्वाचन आयोगले गगन थापा नेतृत्वको काङ्ग्रेसलाई नेपाली काङ्ग्रेसको आधिकारिता...

विश्व व्यापार सहजीकरणका लागि आईसीसीद्वारा जारी इन्कोटम्र्स २०२० बारे छलफल

विश्वव्यापी व्यापार सहजीकरणका लागि अन्तराष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

बैंक र कर्मचारीमाथि आक्रमण बढेपछि गभर्नरले प्रहरी प्रमुख र बैंकर्ससँग गरे छलफल

पछिल्लो समय बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीमाथि...

पन्चकन्याका दुई उद्योगको विद्युत बक्यौता विवाद: प्राविधिक निरीक्षण गराउन आयोगको आदेश

पन्चकन्या ग्रुप अन्तर्गतका दुइ उद्योगको विद्युत बक्यौता विवादमा विद्युत...

अब लघुवित्तले ग्राहक संरक्षण कोषको पैसा सबै ग्राहकको हितमा प्रयोग गर्नु पर्ने

अब लघुवित्त कम्पनीहरुले ग्राहक संरक्षण कोष (Client Protection Fund)...
spot_img
spot_img