Tuesday, March 18, 2025
spot_img
spot_img

त्रिशुली नदीमा दुई वटा बस खस्यो, ६५ यात्रु बेपत्ता

शुक्रबार बिहान पहिरोमा परेर दुई वटा यात्रु बाहक त्रिशुली नदीमा वेपत्ता भएका छन् । दुई वटा बसमा गरि ६५ जना यात्रु समेत वेपत्ता भएको प्रहरीले जनाएको छ ।

आज बिहान ३ बजेको समयमा  भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो पहिरो झरी बिरगंजबाट काठमाडौँ जाँदै गरेको बस र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बीरगन्जबाट आएको गाडीमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु गरी ६५ जना सवार रहेको जानकारी प्राप्त भएको छ । यात्रुको अवस्था अज्ञात छ ।

उक्त स्थानमा  सशस्त्र प्रहरी बल नेपाल  नं. १७ गण चितवनबाट बाट ३५  जना र बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २० जना परिचालन भएका छन् । साथै अहिले मुग्लिन नारायणगढ सडक अबरुद्ध रहेको जानकारी सशस्त्र प्रहरीले दिएको छ ।

spot_img

- Advertisement -

spot_img
spot_img

उद्योगमन्त्रीको प्रश्न, ‘उद्योगमन्त्रीले उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त ?’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग मन्त्रीले उद्योगी...

कहाँ जाँदै थिए २५ करोड बराबरका डलर र युरो बोकेर ट्रक चलाइरहेका कुसाङ ?

काठमाडौँको झोरबाट सोमबार राती स्रोत नखुलेको अमेरिकी डलर, युरो...

संसदीय समितिमा सिमेन्ट उद्योगीले सोधे, ‘पटक पटक किन बोलाएको ?’

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता...

छिट्टै नेप्सेमा सूचीकृत हुँदै यी १४ कम्पनीको बोनस शेयर, धितोपत्र बोर्डमा दर्ता सम्पन्न

नेपाल धितोपत्र बोर्डमा विभिन्न १४ कम्पनीको बोनस शेयर दर्ता...

पहुँचको नभइ पद्धतिको थिति बसाल्न प्रयत्न गर्छु: नव नियुक्त आइजिपी थापा

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापालाई दज्र्यानी चिन्ह...

बीपी राजमार्ग पुनर्निर्माण गर्न दोस्रो खण्डको ठेक्का आह्वान

बीपी राजमार्ग पुनर्निर्माण गर्न दोस्रो खण्डको ठेक्का आह्वान भएको...
spot_img