Thursday, June 25, 2026
spot_img

महासंघद्वारा आन्दोलनका क्रममा तोडफोड भएका निजी क्षेत्रका संरचना निरीक्षण

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघले भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा निजी क्षेत्रका भौतिक संरचनामा भएको क्षतिको स्थलगत निरीक्षण गरेको छ ।

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको टोलीले काठमाडौंस्थित होटल हिल्टन, कान्तिपुर मिडिया ग्रुप, गोल्छा गु्रप र भाटभटेनी सुपरमार्केट तथा व्यवसायी उपेन्द्र महतोको क्षतिग्रस्त संरचनाको निरीक्षण गरेको थियो ।

व्यवसायी उपेन्द्र महतो, कान्तिुर मिडिया ग्रपका अध्यक्ष कैलाश सिरोहिया, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ तथा होटल हिल्टनका सञ्चालकहरुसँग घटनाक्रम तथा क्षतिबारे महासंघले जानकारी लिएको थियो । महासंघले व्यवसायीको सुरक्षा, व्यवसायिक वातावरण निर्माणमा सधैं व्यवसायीहरुको साथमा रहेको जनाएको छ ।

निरीक्षणका क्रममा महासंघका अध्यक्ष ढकालले निजी लगानी सुरक्षित हुन सक्ने वातावरण निर्माण गर्नु आजको प्राथमिकता रहेको र लगानीकर्तामा विश्वास जगाउन राज्यको दायित्व भएको बताएका छन् । आन्दोलनका क्रममा निजी सम्पत्तिमा आक्रण हुनु दुःखद भएको र यस्ता घटनाले व्यवसायिक वातावरणमा नकारात्मक असर पर्ने बताउँदै अध्यक्ष ढकालले शान्ति र सुरक्षाको वातावरण कायम राख्न सरकार, नागरिक समाज र सबै सरोकारवालाहरूलाई आग्रह गरे ।

“देशको समग्र आर्थिक विकास तथा रोजगारी सिर्जनामा निजी क्षेत्रको ठूलो योगदान छ । पछिल्लो विकसित घटनाक्रमले व्यवसायिक सुरक्षामा गम्भीर प्रश्न उब्जाएको छ । निजी क्षेत्रको सम्पत्ति संरक्षण र व्यवसायिक स्थिरताका लागि शान्तिपूर्ण वातावरण अपरिहार्य छ” उनले भने ।

अध्यक्ष ढकालले घटनाका दोषीमाथि कारबाही र पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नहुने पनि बताएका छन् ।

निरीक्षणका क्रममा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्य लगायत सहभागी थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img