Friday, May 1, 2026
spot_img
spot_img

कान्छारामले भने, ‘अवैध पैसालाई वैध बनाउँ’, अर्थमन्त्री भन्छन्, ‘यस्ता कुरा गर्दै नगरौँ’

spot_img
spot_img

प्रतिनिधिसभाको अर्थ समितिमा नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)ले अवैध पैसालाई वैध बनाउनुपर्ने बताएका छन् । उनले नेपालीहरूले राखेको पैसा जसरी कमाएको भएपनि त्यसलाई बजारमा निकाल्न वैध बनाउन प्रस्ताव गरेका हुन् ।

“नेपालीसँग भएको पैसा बाहिर निकाल्ने व्यवस्था गरौँ, १३ प्रतिशत भ्याट लगाएर नेपालमै भएको पैसा जे सुकै गरेर ल्याएको होस्, निकाल्न दिनुपर्‍यो । बरू त्योभन्दा कम कर लगाएर भए पनि निकाल्ने काम गरौँ,” कान्छारामले भने, “दुई नम्बरी गरेर ल्याएको होस् अथवा ६ नम्बरी गरेको होस् । यो काम एकपटक गरौँ ।”

उनको कुरा सुनेपछि अर्थमन्त्री विष्णु पौडेलले यस्ता गम्भीर विषयलाई हल्का रुपमा प्रस्तुत गर्न नहुने बताए । नेपाल अहिले फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ‘ग्रे लिष्ट’मा परेको स्मरण गराउँदै अर्थमन्त्री पौडेलले अहिले देशलाई ग्रे लिस्टबाट कसरी बाहिर निकाल्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताए । तर, अवैध आर्जनलाई वैध बनाउनुपर्छ भन्ने विषयमा अभिव्यक्ति दिँदा झन समस्या पर्ने उनको भनाइ छ ।

“देश ग्रे लिस्टमा परेको छ, हामी कसरी बाहिर निकाल्ने भनेर गृहकार्य गरिरहेका छौँ । सदनमा यस्ता कुरामा छलफल भयो भन्ने सूचना बाहिर गयो भने हामी झन् समस्यामा पर्छौं,” अर्थमन्त्री पौडेलले भने, “यो समिति मिनि पार्ल्यामेन्ट हो । यस्ता कुरा गर्दै नगरौँ, कालो सूचीमा परिन्छ ।”

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

तोलामै ३४ सयले बढ्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ। बिहीबार प्रतितोला २...

आज अन्तरराष्ट्रिय श्रमिक दिवस, उभौली पर्व र बुद्ध जयन्ती मनाइँदै

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा...

नबिल बैंकको केन्द्रीय कार्यालयमा ‘नर्सिङ रुम’को सुरुवात

नबिल बैंकले केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

रोयल ट्युलिप संचालन गरिरहेको केटिएम हस्पिटालिटीले माग्यो आईपीओ निष्काशन अनुमति

केटिएम ग्रुप अन्तर्गतको केटिएम हस्पिटालिटीले आईपीओ निष्काशनको अनुमति माग...

‘भिजनरी’ युवाको पहिचान बनाएका देशबन्धु बस्नेतद्वारा महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘नतिजामुखी व्यक्ति’का रुपमा चिनिने पात्र...

डोलेश्वर भिलेज रिसोर्टले माग्यो आईपीओ निष्काशन अनुमति

डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आईपीओ निष्काशनको...
spot_img