Sunday, May 10, 2026
spot_img

 रुपन्देही क्षेत्र नं–३ मा कात्तिक १७ गते उपनिर्वाचन

spot_img
spot_img

रुपन्देही क्षेत्र नं–३ मा प्रतिनिधिसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले आज  उपनिर्वाचनको मिति तोकेको हो ।

रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक बोहराको चैत १९ गते निधन भएकाले यहाँ उपनिर्वाचन हुने भएको हो। विसं २०७९ मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा बोहरा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै विजयी भएका थिए ।

“प्रतिनिधिसभाको कार्यकाल ६ महिना बढी अवधि बाँकी रहँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पदपूर्ति गरिनेछ,” भन्ने संविधानको धारा ८४ को उपधारा ७ अनुसार उपनिर्वाचनको मिति तोक्नुपर्ने संवैधानिक एवं कानुनी व्यवस्थाअनुसार चैत १७ गते उपनिर्वाचनको मिति तोकिएको आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अब रिक्त पदपूर्तिका लागि संविधान र निर्वाचन कानुनअनुसार तय गरिएको उपनिर्वाचन मितिअनुसार आवश्यक प्रक्रिया सञ्चालन हुनेछ । निर्वाचन आयोगले चाँडै मतदाता नामावली, उम्मेदवारी दर्ता, आचारसंहितालगायतका कार्यतालिका सार्वजनिक गर्ने जनाएको छ ।

रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा सिद्धार्थनगर नगरपालिका र शुद्धोधन गाउँपालिकाको सबै वडासहित बुटवल उपमहानगरपालिका–१४, १५, १६, १७, १८ र १९, ओमसतिया गाउँपालिकाको वडा नं २, मायादेवी गाउँपालिकाको वडा नं ७ र ८, तिलोत्तमा नगपालिका–१३ र १४ तथा सियारी गाउँपालिका–१, २, ३, ६ र ७ रहेको छ ।

यसैबीच, निर्वाचन आयोगले अर्को सूचना जारी गर्दै यही असार १७ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि मतदाता नामावली दर्ता स्थगन गरेको जनाएको छ । निर्वाचनको मिति घोषणा भइसकेकाले निर्वाचन प्रक्रियाका लागि मतदाता नामावाली दर्ता नहुने व्यवस्था भएकाले नियमित रूपमा भइरहेको मतदाता नामावली अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गरिएको भनी विज्ञप्तिमा उल्लेख छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पान चुनावः विधान संशोधन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्ष कार्कीलाई

ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को साधारणसभा (चुनावी साधारणसभा) जेठ...

आय आर्जन र सम्पत्ति सिर्जनालाई सहयोग गर्नेगरी बजेट ल्याउन परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि...

आगामी बजेटमा समावेश गर्न इप्पानले दियो ५३ बुँदे सुझाव

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आगामी बर्ष...

युनाइटेड मोदी हाइड्रोको एजीएम सम्पन्न, नाम परिवर्तन गरेर होल्डिङ्ग कम्पनी बन्ने

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड १२ औं बार्षिक साधारणसभा  आज...

तत्काल यी काम भए ऊर्जाबाट नै समृद्धि सम्भव

सञ्जिव न्यौपाने, ऊर्जा उद्यमी आगामी पाँचदेखि सात वर्षभित्र नेपालको अर्थतन्त्र सय...

ई–बिडिङ प्रकरणमा बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

ई–बिडिङ प्रकरणमा २२ जनाविरुद्द मुद्दा दर्ता भएको छ ।...
spot_img