स्वावलम्बन लघुवित्तले २१ वटा बाइक लिलाम गर्ने भएको छ । कम्पनीले यी बाइकहरु जे जस्तो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्न लागेको हो ।
कम्पनीले आज असार १२ गते सूचना जारी गर्दै ७ दिन भित्र गोप्य शिलबन्दी दरभाउपत्र पेश गर्न आव्हान गरेको छ । इच्छुक व्यक्ति वा फर्महरुले कम्पनीको कार्यालय वा सवारी साधन रहेको कार्यालयबाट शिलबन्दी दरभाउपत्र फाराम पाउन सक्ने जनाएको छ ।
प्राप्त शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा कारण नै नजनाई रद्द गर्ने अधिकार संस्थामा निहीत हुने कम्पनीले प्रष्ट पारेको छ । यस सम्बन्धी थप जानकारी आवश्यक भएमा केन्द्रीय कार्यालय वा सवारी साधन रहेको कार्यालयमा कार्यालय समयमा आई बुझ्न सकिने कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीले हरेक बाइक न्युनतम मूल्य तय गरेको छ । जसमा सबैभन्दा कम मूल्य scort rx 100 बाइकको २ हजार ५ सय ८० रुपैयाँ रहेको छ भने भने सबैभन्दा महँगो बाइक सुपर स्प्लेन्डर ५७ हजार ७ सय २२ रहेको छ ।
हेर्नुस बाइकको न्युनतम मूल्य र सम्पर्क नम्बर