विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्तका लागि दरखास्त आह्वान भएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्तका लागु उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको सिफारिस समितिले आज असार १२ गते दरखास्त आव्हान गरेको हो ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले विशेष आर्थिक क्षेत्र ऐन, २०७३ दफा २२ वमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिएको छ । सूचना प्रकाशन भएको मितिले २१ (एक्काइस) दिन भित्र (कार्यालय समयमा) मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरवार, काठमाडौंमा दरखास्त दिन समितिले आग्रह गरेको छ ।
साथै, आवश्यक योग्यता, अनुभव, पेश गर्नु पर्ने कागजात लगायत विस्तृत विवरण मन्त्रालयको वेबसाइट www.moic.gov.np मा प्रकाशन गरिएकोले सो बाट जानकारी लिनुहुन र थप बुझ्नुपर्ने भएमा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखाको फोन नं ०१-४२११४९९ मा सम्पर्क गर्न समितिले अनुरोध गरेको छ।