Friday, May 8, 2026
spot_img

फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने, ९९९ रुपैयाँ तिर्नु पर्ने

spot_img
spot_img

नेपालमा यस वर्षपनि फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने भएको छ। नेपालमा फिफा विश्वकप २०२६ को प्रसारण अधिकार पाएको Acepro Media ले हिमालयन टिभी मार्फत विश्वकप प्रसारण गर्ने गरि सम्झौता गरेको हो।

हिमालयन टिभीका अध्यक्ष धर्मराज भुषालले विश्वकप हिमालयन टिभीमा आउने घोषणा गर्दै र त्यसको लागि हिमालयन स्पोर्ट्स नामको च्यानल सार्वजनिक गरेका हुन् । उनका अनुसार यस वर्ष पनि सब्स्क्रिप्सन मोडलमा विश्वकप प्रसारण हुनेछ । यस अघिको सब्स्क्रिप्सन मोडल सफल भएकोले अहिले पनि सोहि मोडलमा जान लागेको उनले जानकारी दिए । अर्थात् विश्वकप हेर्न यस पटक पनि अघिल्लो पटकको जस्तै पैसा तिर्नु पर्ने छ ।

त्यस्तै यस पटक मोबाइलमा पनि विश्वकप हेर्न सकिने छ। त्यसको लागि OTT प्लेटफर्म DGO प्लेटफर्म सार्वजनिक गरिएको छ।

टिभीमा विश्वकप हेर्न भने ९९९ रुपैयाँ तिर्नु पर्ने छ । OTT प्लेटफर्म DGO मा हेर्न भने ५४९ रुपैयाँ तिर्नु पर्ने छ। यसले सबै खेलहरु हेर्न पाइने हिमालयन टिभीले जनाएको छ । अघिल्लो पटक ५०० रुपैयाँ शुल्क रहेकोमा यस पटक शुल्क दोब्बर भएको हो।

नेपालको लागि विश्वकप प्रसारण अधिकार Acepro Media ले पाएको थियो । अघिल्लो पटक Acepro ले १५ लाख डलर तिरेर अधिकार पाएकोमा यस पटक १७ लाख ७५ हजार डलर  तिरेर अधिकार पाएको अध्यक्ष सोम धितालले बताए । Acepro मिडिया हबको सहायक कम्पनी हो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

व्यवस्थापन नगरी सुकुम्वासी बस्तीमा डोजर नचलाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले काठमाडौंका विभिन्न  नदी किनार र सार्वजनिक स्थानमा...

अब स्थानीय तहले कम्पनी खोल्न सक्ने, दुई वटा शर्त निर्धारण

अब स्थानीय तहले पनि आफ्नो नाममा कम्पनी दर्ता गर्न...

एभरेष्ट कफी बिन्सको ७औँ आउटलेट अनामनगरमा, संकल्प इन्भेष्टमेन्टले लियो फ्रेन्चाइज

एभरेष्ट ग्रुप अफ कम्पनीजको ‘एभरेष्ट कफी बिन्स’को सातौं आउटलेट...

फिफा विश्वकपको लागि ‘दाई दाई’ नामको गित ल्याउँदै शाकिरा, टिजर सार्वजनिक

कोलम्बियन गायिका शाकिराले २०२६ को फिफा विश्वकपको आधिकारिक गीत...

समस्याग्रस्त शेयर मार्केट्स एण्ड फाइनान्सको संयोजकमा उपाध्याय छनौट

पुतलीसडकमा रहेको समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको...

ऊर्जा मन्त्रालयद्वारा आफु मातहतका कम्पनीका सिइओ र संचालकलाई राजीनामा दिन निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आफु मातहतका सबै कम्पनीका...
spot_img