Wednesday, June 24, 2026
spot_img

फिफा विश्वकपको लागि ‘दाई दाई’ नामको गित ल्याउँदै शाकिरा, टिजर सार्वजनिक

spot_img
spot_img

कोलम्बियन गायिका शाकिराले २०२६ को फिफा विश्वकपको आधिकारिक गीत ‘Dai Dai’ को टीजर सार्वजनिक गरेकी छन् । नाइजेरियन कलाकार Burna Boy सँगको सहकार्यमा तयार भएको यो गीत मे १४ तारिख (३१ वैशाख) मा पूर्ण रूपमा रिलिज हुने भएको छ ।

‘Dai Dai’ को अर्थ 

‘Dai Dai’ इटालियन भाषाको शब्द हो । ‘Dai’ को अर्थ “Come on!”, “Let’s go!”, “Hurry up!” वा “Go for it!” हो । यो फुटबल स्टेडियममा फ्यानहरूले खेलाडीलाई उत्साह दिन प्रयोग गर्ने सामान्य शब्द हो । ‘Dai Dai’ भनेको दोहोर्‍याएर “Come on! Come on!” वा “Let’s go! Let’s go!” जस्तो उर्जावान चियर्स हो । गीतमा शाकिराले यो शब्दलाई अन्य भाषासँग मिसाएर ग्लोबल फुटबलको भावना झल्काएकी छन् ।

 शाकिरा र विश्वकप गीत

शाकिरालाई विश्वकपको ‘Queen’ पनि भनिन्छ । उनी हरेक विश्वकपसँग जोडिएकी छिन् :

२००६ (जर्मनी) — ‘Hips Don’t Lie’ (अनौपचारिक रूपमा लोकप्रिय)
२०१० (दक्षिण अफ्रिका) — ‘Waka Waka’ (आधिकारिक गीत, अहिलेसम्मकै सबैभन्दा सफल विश्वकप गीत)
२०१४ (ब्राजिल) — ‘La La La’
२०२६ (USA, Mexico, Canada) — ‘Dai Dai’ (आधिकारिक गीत)

यो पटक फिफाले नै शाकिरालाई आधिकारिक गीत तयार पार्न दिएको हो । गीतको टीजर ब्राजिलको प्रसिद्ध माराकाना स्टेडियममा खिचिएको छ । उनले इन्स्टाग्राममा टिजर सार्वजनिक गरेकी हुन् ।

 

View this post on Instagram

 

A post shared by Shakira (@shakira)

यो गीतले विश्वभरका फुटबल फ्यानहरूलाई एकजुट पार्ने र विश्वकपको माहोल अझै उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ । मे १४ पछि पूर्ण गीत र म्युजिक भिडियो सार्वजनिक भएपछि थप चर्चा हुने देखिन्छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img