Sunday, June 14, 2026
spot_img

टि २० विश्वकप क्रिकेटमा आज नेपाल र इंग्ल्यान्ड भिड्दै

spot_img
spot_img

शनिवारदेखि सुरु भएको टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ। आज नेपाल र इंग्ल्यान्डबीच खेल हुन लागेको हो ।

यो खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । २० टिमहरू सहभागी भएको यस विश्वकपमा  नेपाल समूह सी मा रहेको छ,  जसमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली पनि छन्।   नेपालले माघ २९ मा इटालीसंग, फागुन ३ मा वेस्ट इन्डिजसंग र फागुन ५ मा स्कटल्यान्डसँग खेल्ने छ ।   नेपालको सबै खेल मुम्बईको वानखेडे स्टेडियममा हुनेछ  ।  समूह चरणको खेलहरुपछि शिर्ष २ मा रहने २ टिम अर्को चरण प्रवेश गर्ने छन् ।

नेपालले यसअघि दुवै वटा अभ्यास खेल जितेको थियो , जसले टिममा आत्मविश्वास बढाएको छ। नेपाली खेलाडीहरूले विश्वस्तरका टिमहरूसँग प्रतिस्पर्धा गर्ने अवसर पाएका छन्, र समर्थकहरूले नेपालको जितको आशा गरेका छन्। नेपालले तेस्रो पटक टि २० विश्वकप खेल्न लागेको हो।

यस पटकको प्रतियोगिता भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेका छन् । आज आइतबार ११:१५ बजे ओमान र श्रीलंकाबीच खेल हुनेछ भने ७:१५ बजे भारत र नामिबियाबीच खेल हुनेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानकाे नवनिर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिका...

एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

 गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले  २४ औं वार्षिकोत्सव मनाएको...

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...
spot_img