Thursday, March 5, 2026
spot_img

टि २० विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि, नेपालको पहिलो खेल आइतबार

spot_img
spot_img

टि २० विश्वकप क्रिकेट प्रतियोगिता आज शनिवारदेखि सुरु हुँदैछ । यस पटकको प्रतियोगिता भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेका छन् ।

विश्वकपको उद्घाटन खेलमा आज नेपाली समय अनुसार ११:१५ बजे नेदरल्याण्ड र पाकिस्तान भिड्ने छन् । त्यस्तै आज थप दुई खेल पनि हुनेछ। जसमा ३:१५ बजे स्कटल्याण्ड र वेस्टइन्डिज भिड्ने छन् भने साझ ७:१५ बजे भारत र अमेरिकाबीचको खेल हुनेछ।

२० टिमहरू सहभागी भएको यस विश्वकपमा नेपाल पनि समावेश भएको छ । नेपाल समूह सी मा रहेको छ,  जसमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली पनि छन्। नेपालको पहिलो खेल आइतबार (माघ २५ ) मा इंग्ल्यान्डविरुद्ध मुम्बईको वानखेडे स्टेडियममा दिउँसो ३:१५ बजे सुरु हुनेछ।  नेपालले माघ २९ मा इटालीसंग, फागुन ३ मा वेस्ट इन्डिजसंग र फागुन ५ मा स्कटल्यान्डसँग खेल्ने छ ।   नेपालको सबै खेल मुम्बईको वानखेडे स्टेडियममा हुनेछ  ।  समूह चरणको खेलहरुपछि शिर्ष २ मा रहने २ टिम अर्को चरण प्रवेश गर्ने छन् ।

नेपालले यसअघि दुवै वटा अभ्यास खेल जितेको थियो , जसले टिममा आत्मविश्वास बढाएको छ। नेपाली खेलाडीहरूले विश्वस्तरका टिमहरूसँग प्रतिस्पर्धा गर्ने अवसर पाएका छन्, र समर्थकहरूले नेपालको जितको आशा गरेका छन्।

नेपालले तेस्रो पटक टि २० विश्वकप खेल्न लागेको हो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कटारीमा सुरक्षाकर्मीले बोकेको गोली पड्किँदा मतपेटिकामा क्षति

उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली चल्दा मत खसिसकेको...

प्रधानमन्त्रीले गरिन् मतदान

प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । काठमाडौँको धापासीस्थित निमावि,...

संविधान जारी भएपछिको तेस्रो आम चुनाव आज, जेन्-जी विद्रोहपछि नयाँ जनमतको खोजी

संविधान जारी भएपछिको तेस्रो आम निर्वाचन आज हुँदैछ ।...

सुन खोज्ने कम्पनीले अवैध गतिविधि गरेको भन्दै विभागले दियो अनुमति रद्दको चेतावनी

खानी तथा भूगर्भ विभागले सुन खोजतलास गर्ने अनुमति लिएका...

मतगणना प्रारम्भ भएको २४ घण्टाभित्र नतिजा आउँछः आयोग

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मतगणना...

चुनावका लागि ८ लाखले छोडे काठमाडौँ, बुधबार रातीबाट बस नचल्ने

बिहिबार हुने निर्वाचनका लागि काठमाडौँबाट बाहिरिने यात्रुको संख्या उल्लेख्य...
spot_img