Friday, June 19, 2026
spot_img

टेबल टेनिस खेलाडी रुबिनको साथमा आर्क्श फुड र क्रिकेटर सोमपाल

spot_img
spot_img

आर्क्श फुड र नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामीले नेपालका उत्कृष्ट टेबल टेनिस खेलाडी रुबिन महर्जनलाई अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी गराउन सहयोग गर्ने उदेश्यले समझदारी गरेका छन् ।

विश्व बरियतामा ५२७औँ स्थानमा रहेका महर्जनलाई विश्वस्तरीय प्रतियोगीतामा पुग्न आवश्यक सहयोग गराउँदै नेपालको खेल प्रतिभालाई अन्तराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उदेश्यले यो समझदारी गरिएको बताइएको छ ।

यस साझेदारी अन्तर्गत आर्क्श फुडले खेलाडी महर्हनको तालिम, यात्रा र प्रतियोगीतामा सहभागीताका लागि आवश्यक सहयोग उपलब्ध गराउनेछ । कम्पनीका प्रतिनिधिहरुले खेल
क्षेत्रको विकास र नेपाली खेलाडीलाई अन्तराष्ट्रिय पहिचान दिलाउन निजी क्षेत्रको भूमिकालाई थप प्रभािकारी बनाउने लक्ष्य रहेको बताएका छन् ।

राष्ट्रिय क्रिकेट टिमका अनुभवी खेलाडी सोमपाल कामीले खेलाडीहरूको करिअर विकासमा यस्ता सहकार्य अत्यन्त महत्वपूर्ण हुने बताउँदै भने, ‘नेपालमा प्रतिभा धेरै छन् । तर, अवसर र सहयोगको अभावले धेरै खेलाडी अघि बढ्न सकिरहेका छैनन् । रुबिन जस्ता खेलाडीलाई अन्तराष्ट्रिय स्तरमा पुग्न गर्नु हाम्रो कर्तव्य हो ।’

खेलाडी रुबिन महर्जनले यो सहयोगप्रति आभार व्यक्त गर्दै अन्तराष्ट्रिय प्रक्रियोगतामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम उज्यालो बनाउने प्रतिवद्धता जनाएका छन् । ‘यो सहयोगले मेरो आत्मविश्वास बढाएको छ । म देशको प्रतिनिधित्व गर्दै राम्रो नतिजा ल्याउने प्रयास गर्नेछु’ उनले भने ।

आर्क्श फुडले खेलकुद क्षेत्रमा दीर्घकालिन योगदान दिने योजनासहित युवा खेलाडीहरूलाई प्रोत्साहन गर्दै आएको छ । कम्पनीका अनुसार यो सहकायर्य केवल एक खेलाडीको समर्थन मात्रै नभई नेपाली खेलकुदको समग्र विकास तर्फको कदम हो ।

यस पहलले नेपाली खेलाडीलाई अन्तराष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने र यसबाट भविष्यमा अन्य खेलाडीहरुलाई पनि हौसला मिल्ने अपेक्षा गरिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img