Friday, June 19, 2026
spot_img

सक्रिय जीवनशैली प्रवर्द्धनका लागि ललितपुरमा ‘वाक–फर–हेल्थ’ सामुदायिक दौड

spot_img
spot_img

शारीरिक गतिविधि, सामुदायिक एकता तथा रोग निवारणसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ललितपुरको सानेपा स्थित इन्टरनेसनल क्लबमा #WalkForHealth नारासहित सामुदायिक दौड कार्यक्रम सम्पन्न भएको छ । अर्था रन क्लब (ARC) को सहकार्यमा शुक्रबार आयोजना गरिएको उक्त कार्यक्रममा करिब ३०० देखि ३५० जना समुदायका सदस्यहरूको सहभागिता रहेको थियो ।

सबै उमेर समूहका नागरिकलाई सुरक्षित, समावेशी र रमाइलो वातावरणमा सार्वजनिक स्थानमा हिँडडुल, जोगिङ तथा दौडमा सहभागी हुन प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको उक्त सामुदायिक दौडले स्वस्थ जीवनशैलीका लागि दैनिक शारीरिक गतिविधिको महत्वलाई उजागर गरेको आयोजकले जनाएका छन् ।

६ किलोमिटर लामो (ARC Route) दौड इन्टरनेसनल क्लब, सानेपाबाट सुरु भई सोही स्थानमा समापन गरिएको थियो। सहभागीहरूको सुरक्षा र सहजताका लागि मार्गका विभिन्न मोड तथा चेकपोइन्टमा स्वयंसेवकहरू परिचालन गरिएका थिए भने पानी वितरण र प्राथमिक उपचारको व्यवस्था पनि गरिएको थियो। कार्यक्रममा समुदायका सदस्य, युवा, धावक, हिँड्ने समूह तथा परिवारसहित विविध पृष्ठभूमिका व्यक्तिहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई आफ्नै क्षमताअनुसार हिँड्न, जोग गर्न वा दौडन प्रोत्साहित गरिएकोले कार्यक्रम समावेशी बनेको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय ओलम्पिक समिति (IOC) की ओलम्पिज्म ३६५ अन्तर्गत वरिष्ठ प्रबन्धक सुजाने गार्टे प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो। जनवरी २३ देखि २६ सम्म नेपालको औपचारिक भ्रमणमा रहनु भएकी गार्टेले दैनिक जीवनमा शारीरिक गतिविधि समावेश गर्दा स्वास्थ्य सुधार र नसर्ने रोग न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो। ‘ओलम्पिज्म३६५ – स्पोर्ट फर अ बेटर वर्ल्ड’ को विश्वव्यापी भावनाअनुसार खेलकुद तथा शारीरिक गतिविधिले स्वस्थ समुदाय र जीवनस्तर सुधारमा योगदान पुर्‍याउने सन्देश कार्यक्रमले दिएको थियो।

यस अवसरमा अमेरिकाबाट आएका PATH ग्लोबल टोलीका सदस्यहरू—नसर्ने रोग कार्यक्रमकी ग्लोबल प्रोग्राम लिड हेलेन म्याकग्वायर तथा वरिष्ठ कार्यक्रम अधिकृत रोशिनी जर्ज पनि सहभागी थिए । उनीहरूले सामुदायिक दौडमा सहभागिता जनाउँदै नसर्ने रोगको रोकथाम तथा मानसिक र शारीरिक स्वास्थ्यका लागि नियमित शारीरिक गतिविधि अपनाउन सहभागीहरूलाई प्रेरित गरे ।

कार्यक्रमका क्रममा आयोजकहरूले हाल सामुदायिक खेल तथा स्वास्थ्य सहकार्य पहल बागमती प्रदेशका चार जिल्लामा सञ्चालनमा रहेको जानकारी दिँदै, विद्यालयलाई प्रारम्भिक स्वास्थ्य प्रवर्द्धन, जीवन–सीप विकास र सामुदायिक सहभागिताका महत्वपूर्ण आधारका रूपमा अघि बढाइएको उल्लेख गरे।

सहभागीहरूले उत्साहपूर्वक कार्यक्रममा सहभागिता जनाउँदै स्वस्थ जीवनशैली र दैनिक शारीरिक गतिविधि अपनाउनु पर्ने आवश्यकता औँल्याएका थिए। कार्यक्रम विजेताहरूलाई पुरस्कार वितरणसँगै सक्रिय जीवनशैली अपनाउने सामूहिक प्रतिबद्धताका साथ सम्पन्न भएको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img