आईसीसी टी–२० विश्वकप २०२६ का लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
एनपीएल २०२५ मा शानदार प्रदर्शन गरेका शेर मल्ल पहिलोपटक नेपालको सिनियर टोलीमा समावेश भएका छन् । त्यस्तै, बसिर अहमद पनि नेपालको विश्वकप टोलीमा परेका छन् ।
कुशल मल्ल र मोहम्मद आदिल आलम भने छुटेका छन् ।
टी–२० विश्वकप आगामी फ्रेबुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।
नामः
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम, सन्दीप जोरा












