Sunday, June 21, 2026
spot_img

एनपीएलका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले दियो पल्सर N160 मोटरसाइकल

spot_img
spot_img

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ। ‘टु ह्विलर पार्टनर’ रहेको गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनीले शनिबार एनपीएल दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडी रोहितकुमार पौडेल, सन्दीप लामिछाने र शेर मल्ललाई पल्सर मोटरसाइकल (N160) पुरस्कार स्वरुप प्रदान गरेको हो।

एनपीएल दोस्रो संस्करणको उपाधि जितेको लुम्बिनी लायन्सका कप्तान तथा सबैभन्दा बढी रन बनाएका नेपाली खेलाडी रोहितकुमार पौडेलले पल्सर मोटरसाइकल प्राप्त गरे। उनले यस सिजनमा २ सय ७६ रन जोडेका हुन्। विराटनर किंग्सका कप्तान तथा सबैभन्दा बढी विकेट लिएका सन्दीप लामिछानेलाई पनि पल्सर मोटरसाइकल प्रदान गरिएको हो। लामिछानेले १७ विकेट हात पारेका हुन्।

यस सिजनकै इमर्जिङ प्लेयरको उपमा पाएका लुम्बिनीका शेर मल्ललाई पल्सर मोटरसाइकल (N160) प्रदान गरिएको गोल्छा ग्रुपले जनाएको छ। यस टुर्नामेन्टमा सानदार बलिङ गरेका मल्लले १७ विकेट लिएका थिए।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने- ‘कम्पनीले खेललाई सधैं प्राथमिकतामा राख्दै आएको छ, सम्झौताअनुसार उत्कृष्ट खेलाडीलाई पल्सर मोटरसाइकल दिन पाउनु खुसीको कुरा हो, ब्रान्डलाई खेलसँगै जोडेर अघि बढाउन हामी सधैं प्रतिबद्ध छौं।’

यसअघि कार्त्तिक १३ गते गोल्छा ग्रुप र नेपाल क्रिकेट संघ(क्यान)बीच एनपीएलका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने सम्झौता भएको थियो। कीर्तिपुर अन्तर्राष्ट्रिय रंगशालामा मंसिर १ गतेदेखि सुरु भएको एनपीएलको दोस्रो संस्करण मंसिर २७ गते शनिबार सम्पन्न भएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मौद्रिक नीतिको लागि ब्रोकरको ६ बुँदे सुझाव, शेयर धितो कर्जाको गणना विधि परिमार्जन गर्न माग

स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि...

पीपीए गरेर काम नगरेका हाइड्रोको लाइसेन्स खारेज हुँदै, प्राधिकरणले माग्यो विवरण

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सौर्य उर्जा आयोजनाका प्रबर्दक...

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...
spot_img