Sunday, July 12, 2026
spot_img

एनपीएल सिजन–२ को उपाधि लुम्बिनी लायन्सलाई, सुदूरपश्चिम दुइ सिजन नै उपविजेतामा सिमित

spot_img

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले एनपीएलको उपाधि जितेको हो ।

पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले जम्मा ८५ रन मात्रै बनाएर ८६ रनको झिनो लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले ९ ओभरको समाप्तिमै लक्ष्य पूरा गरेको हो ।

लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले १३ बलमा सर्वाधिक ४२ रन बनाए । डार्सी सर्ट १३, कप्तान रोहित पौडेल १८ र सन्दीप जोरा ० रनमा आउट भए । निरोशन डिक्वेला ११ र दिलिप नाथ एक रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका हेमन्त धामीले दुई, अभिनाश बोहरा र कप्तान दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरको सुदूरपश्चिम रोयल्स १९ ओभर एक बलमा ८५ रनमा समेटिएको थियो ।

आज पराजित भएसँगै सुदूरपश्चिम भने लगातार दुइ सिजन नै उपविजेतामा सिमित भएको छ । गत सिजन पनि सुदूरपश्चिम फाइनलमा जनकपूरसँग पराजित भएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img