Saturday, June 20, 2026
spot_img

लुम्बिनी एनपीएलको प्लेअफमा प्रवेश, ३ टिम एकसाथ ‘आउट’

spot_img
spot_img

लुम्बिनी लायन्स सिद्धार्थ बैंक एनपीएल सिजन–२ को प्लेअफमा प्रवेश गरेको छ । आज भएको खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गरेको हो ।

लिग चरणको आफ्नो अन्तिम खेलमा जनकपुरलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी प्लेअफमा पुगेको हो ।

यससँगै प्लेअफमा पुग्ने ४ वटै टोलीको टुंगो लागेको छ । सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्स यसअघि नै प्लेअफमा पुगिसकेका छन् ।

आजको खेलमा लुम्बिनी विजयी हुँदै प्लेअफमा प्रवेश गरेपछि एकसाथ पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिएका छन् । कर्णाली याक्स यसअघि नै बाहिरिसकेको थियो ।

आजको खेलमा जनकपुरले दिएको १३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए ।

टस जितेर ब्याटिङ गरेको जनकपुर बोल्ट्सले २० ओभर खेल्दै ६ विकेट गुमाएर १३२ रन बनाएको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img