युरोपेली छनोटको अन्तिम चरणमा रोमाञ्चक नतिजाहरू आउँदै गर्दा थप ५ देशले फिफा विश्वकप २०२६ को लागि आफ्नो स्थान पक्का गरेका छन्। मंगलबार सम्पन्न खेलहरुबाट बेल्जियम, अष्ट्रिया, स्विजरल्याण्ड , स्पेन र स्कटल्याण्डले आ-आफ्नो समुहमा समुह विजेता हुँदै स्थान पक्का गरेका हुन् । त्यस्तै पानामा , कुरकाओ र हाइटी पनि विश्वकपको लागि छनौट भएका छन् ।
आगामी विश्वकप ११ जुनदेखि १९ जुलाईसम्म उत्तर अमेरिकामा आयोजना हुनेछ। जसमा कुल ४८ टिमहरू सहभागी हुनेछन्। जस मध्ये ४२ टिमको टुंगो लागिसकेको छ ।
हालसम्म विश्वकपको लागि निम्न ४२ टिमले विश्वकपमा स्थान पक्का गरेका छन्
- क्यानडा
- मेक्सिको
- संयुक्त राज्य अमेरिका
- जापान
- न्युजिल्यान्ड
- इरान
- अर्जेन्टिना
- उज्बेकिस्तान
- दक्षिण कोरिया
- जर्डन
- अष्ट्रेलिया
- ब्राजिल
- इक्वाडोर
- उरुग्वे
- कोलम्बिया
- प्याराग्वे
- मोरक्को
- ट्युनिसिया
- इजिप्ट
- अल्जेरिया
- घाना
- केप भार्डे
- साउथ अफ्रीका
- कतार
- इंग्ल्यान्ड
- साउदी अरेबिया
- आइभोरी कोस्ट
- सेनेगल
- फ्रान्स
- क्रोएसिया
- पोर्चुगल
- नर्वे
- जर्मनी
- नेदरल्याण्ड
- बेल्जियम
- अष्ट्रिया
- स्विजरल्याण्ड
- स्पेन
- स्कटल्याण्ड
- पानामा
- कुरकाओ
- हाइटी












