Saturday, June 20, 2026
spot_img

नर्वे, जर्मनी र नेदरल्यान्ड्स पनि विश्वकपको लागि छानिए, छनौट हुने देशको संख्या ३४ पुग्यो

spot_img
spot_img

युरोपेली छनोटको अन्तिम चरणमा रोमाञ्चक नतिजाहरू आउँदै गर्दा नर्वे, जर्मनी र नेदरल्यान्ड्सले फिफा विश्वकप २०२६ को लागि आफ्नो स्थान पक्का गरेका छन्।

नर्वेले आइतबार इटालीविरुद्ध ४–१ को सहज जित हासिल गर्दै समूह ‘आई’ को शीर्ष स्थान कायम राख्यो। एर्लिङ हलान्डको दुई गोल र जोर्गेन स्ट्रान्ड लार्सेनको अन्तिम समयको गोलले नर्वेलीहरूलाई १९९८ पछि पहिलो पटक विश्वकपमा फर्किने अवसर दियो।

यसैगरी, सोमबार जर्मनीले समूह ‘ए’ मा स्लोभाकियालाई ६–० को हराउदै विश्वकपमा स्थान पक्का गर्‍यो। फ्लोरियन विर्ट्ज र निक वोल्टेमेडे जस्ता नयाँ पुस्ताका खेलाडीहरूको नेतृत्वमा जर्मनीले आफ्नो पाँचौं विश्वकप उपाधि दाबी गर्ने सपना बोकेको छ।

नेदरल्यान्ड्सले पनि सोमबार लिथुआनियाविरुद्ध ४–० को जितसँगै समूह ‘जी’ को विजेता बनेर विश्वकपमा स्थान सुनिश्चित गरेको छ। पोल्यान्डसँग कडा प्रतिस्पर्धापछि अन्तिम दिनको यो जितले डच टिमलाई १९७४, १९७८ र २०१० पछि फेरि उपविजेताको खोजीमा लैजानेछ।

आगामी विश्वकप ११ जुनदेखि १९ जुलाईसम्म उत्तर अमेरिकामा आयोजना हुनेछ। जसमा कुल ४८ टिमहरू सहभागी हुनेछन्।

हालसम्म विश्वकपको लागि  निम्न ३४ टिमले विश्वकपमा स्थान पक्का गरेका छन् 

  • क्यानडा
  • मेक्सिको
  • संयुक्त राज्य अमेरिका
  • जापान
  • न्युजिल्यान्ड
  • इरान
  • अर्जेन्टिना
  • उज्बेकिस्तान
  • दक्षिण कोरिया
  • जर्डन
  • अष्ट्रेलिया
  • ब्राजिल
  • इक्वाडोर
  • उरुग्वे
  • कोलम्बिया
  • प्याराग्वे
  • मोरक्को
  • ट्युनिसिया
  • इजिप्ट
  • अल्जेरिया
  • घाना
  • केप भार्डे
  • साउथ अफ्रीका
  • कतार
  • इंग्ल्यान्ड
  • साउदी अरेबिया
  • आइभोरी कोस्ट
  • सेनेगल
  • फ्रान्स
  • क्रोएसिया
  • पोर्चुगल
  • नर्वे
  • जर्मनी
  • नेदरल्याण्ड

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img