Saturday, June 20, 2026
spot_img

लुम्बिनी लायन्सले एक्स्ट्राटेक ओभललाई बनायो होम ग्राउण्ड, दीर्घकालीन साझेदारी सम्झौता

spot_img
spot_img

लुम्बिनी लायन्स र भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानबीच दीर्घकालीन साझेदारी सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा एक्स्ट्राटेक ओभलका तर्फबाट बिनोद कुँवर र लुम्बिनी लायन्सका तर्फबाट अध्यक्ष ईश्वर जिसीले हस्ताक्षर गरेका छन्।

यो सम्झौताका माध्यमबाट नेपालको खेल पूर्वाधार विकासमा एउटा ऐतिहासिक कदम चालिएको दुवै पक्षले विश्वास गरेका छन्। सम्झौताअनुसार एक्स्ट्राटेक ओभल अब लुम्बिनी लायन्सको आधिकारिक घरेलु मैदान तथा तयारी केन्द्र हुनेछ।

यो साझेदारी पश्चिम नेपालमा विश्वस्तरीय क्रिकेट पूर्वाधार विकास गर्ने साझा दृष्टिकोणमा आधारित रहेक ओदुबाई पक्षले बताएका छन्। यस अन्तर्गत लुम्बिनी लायन्सले एक्स्ट्राटेक ओभलमा प्रशिक्षण, अभ्यास खेल, कोचिङ क्याम्प तथा रणनीतिक बैठकहरू सञ्चालन गर्नेछ। साथै, आगामी वर्षहरूमा NPL का लागि पनि तयारी हुनेछ तथा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिताका घरेलु खेलहरू पनि यही मैदानमा आयोजना गरिनेछ।

सम्झौता हस्ताक्षर समारोहमा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले भने, “एक्स्ट्राटेक ओभल हाम्रो लागी केवल एउटा मैदान मात्र होइन, लुम्बिनी लायन्सको घर हो र सोही अनुरुप हाम्रो पहिचान बन्नेछ तथा यो स्थान हाम्रो तयारी र यात्राको जग बन्नेछ।एक्स्ट्रा ओभर टीमलाई विशेष धन्यवाद, उहाँहरूले निजी लगानीमा यति ठूलो काम गरी रहनु भएको छ यसमा हाम्रो तर्फबाट उहाँहरूलाई हौसला प्रदान गर्न साथै सहयात्री बन्न जोडिएका छौं। यसले लुम्बिनीको मात्र नभई समग्र नेपाली क्रिकेट विकासमा ठूलो योगदान दिनेछ भन्ने हामीलाई लाग्छ र सोही अनुरूप हामी नेपाली क्रिकेटलाई थप उचाइमा पुर्‍याउन साझा जमर्को गर्दैछौं।”

त्यस्तै, एक्स्ट्राटेक ओभलका प्रतिनिधि बिनोद कुँवरले भने, “नेपालमा विश्वस्तरीय क्रिकेट सुविधा विकास गर्ने दिशामा यो साझेदारीले हामीलाई अझ द्रढ वनाउने छ र नेपालै तथा लुम्विनी पर्देशको क्रिकेट विकासमा यो सम्झौताले दुरगामी सकारात्मक सन्देश प्रवाह गर्नेछ भन्ने हाम्रो साझा विश्वास हो।”

सम्झौताअनुसार एक्स्ट्राटेक ओभलमा मुख्य ओभल, अभ्यास नेट, पिच, फ्लडलाइट, ग्राउन्ड मर्मत उपकरण तथा क्लब हाउस सुविधा उपलब्ध गराइनेछ। यसले लुम्बिनी लायन्सलाई वर्षभरि व्यावसायिक स्तरको प्रशिक्षण र तयारीको वातावरण प्रदान गर्ने विश्वास दुवै पक्षको छ।

यो सम्झौता लुम्बिनी प्रदेशमा क्रिकेटको दीर्घकालीन विकास र खेलाडी उत्पादनमा नयाँ सम्भावनाहरू सिर्जना गर्ने महत्वपूर्ण योजनाका रूपमा रहनेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img