आगामी टि २० विश्वकपमा छनौट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई अर्ना बियरले आर्थिक सहयोग गर्ने भएको छ । अर्ना बियरले छनौट प्रतियोगिता सुरु अघि नै नेपाल विश्वकपको लागि छनौट भएमा आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो।
नेपाल छनौट भएसंगै आफ्नो प्रतिवद्दता अनुसार अर्ना बियरले टिम नेपालका खेलाडीहरु ५१ लाखको सहयोग र नेपाल क्रिकेट संघ लाई यति ब्रुअरीको सीएसआर कोष मार्फत ५१ लाख गरि कुल १ करोड २ लाख उपलब्ध गराउने भएको छ । यस सहयोगले टिम नेपाल प्रति अर्ना बियरको माया र प्रतिवद्दता झल्किनुको साथै नेपालमा क्रिकेट पूर्वाधारको विकास गर्नमा सहयोग पुग्ने विश्वास अर्ना बियरले व्यक्त गरेको छ।
अर्ना बियरका अनुसार रु. १ करोड २ लाख रकम टीम नेपालका सम्पूर्ण खेलाडीहरु नेपाल प्रस्थान गरिसकेपछि एक सम्मान कार्यक्रम मार्फत टीम नेपाल र क्यानलाई हस्तान्तरण गरिने छ ।












