Saturday, July 11, 2026
spot_img

टि २० विश्वकप नजिक पुग्यो नेपाल, युएईलाई १ रनले हरायो

spot_img

आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गतको खेलमा नेपालले युएआईलाई १ रनले हराएको छ । नेपालले पहिले ब्याटिंग गरेको युएईलाई १४१ रनको लक्ष्य दिएकोमा युएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाएको हो ।

जितको लागि अन्तिम ओभरमा युएइलाई १० रन चाहिएको थियो। तर युएईले ८ रन मात्र बनाउन सक्यो र अन्तिम ओभरमा ३ विकेट गुमायो । अन्तिम ओभर दिपेन्द्र सिंह ऐरीले बलिंग गरेका थिए। जसमा उनले १ विकेट लिए भने दुई जना खेलाडी रन आउट भएका थिए ।

आजको जित संगै सुपर सिक्समा नेपालको ४ अंक भएको छ र विश्वकप नजिक नेपाल पुगेको छ। अर्थात् आजको जित पछि नेपालको विश्वकपको लागि छनौट हुने सम्भावना बलियो बनेको छ।  यद्यपि नेपालले अझै खेल भने जित्नु पर्ने हुन्छ। नेपालले आज बलियो रहेको युएईलाई हराएर महत्वपूर्ण २ अंक लिन सफल भएको हो । सुपर सिक्समा ६ टिम पुगेकोमा शिर्ष ३ मा रहने ३ टिमले आगामी टि २० विश्वकपमा भाग लिन पाउने छन् ।

अब नेपालले कतार, ओमान र सामोआसंग खेल्न बाँकि छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img