Sunday, November 9, 2025
spot_img

टि २० विश्वकप नजिक पुग्यो नेपाल, युएईलाई १ रनले हरायो

spot_img

आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गतको खेलमा नेपालले युएआईलाई १ रनले हराएको छ । नेपालले पहिले ब्याटिंग गरेको युएईलाई १४१ रनको लक्ष्य दिएकोमा युएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाएको हो ।

जितको लागि अन्तिम ओभरमा युएइलाई १० रन चाहिएको थियो। तर युएईले ८ रन मात्र बनाउन सक्यो र अन्तिम ओभरमा ३ विकेट गुमायो । अन्तिम ओभर दिपेन्द्र सिंह ऐरीले बलिंग गरेका थिए। जसमा उनले १ विकेट लिए भने दुई जना खेलाडी रन आउट भएका थिए ।

आजको जित संगै सुपर सिक्समा नेपालको ४ अंक भएको छ र विश्वकप नजिक नेपाल पुगेको छ। अर्थात् आजको जित पछि नेपालको विश्वकपको लागि छनौट हुने सम्भावना बलियो बनेको छ।  यद्यपि नेपालले अझै खेल भने जित्नु पर्ने हुन्छ। नेपालले आज बलियो रहेको युएईलाई हराएर महत्वपूर्ण २ अंक लिन सफल भएको हो । सुपर सिक्समा ६ टिम पुगेकोमा शिर्ष ३ मा रहने ३ टिमले आगामी टि २० विश्वकपमा भाग लिन पाउने छन् ।

अब नेपालले कतार, ओमान र सामोआसंग खेल्न बाँकि छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जेन्–जी आन्दोलन: ‘गरिब राष्ट्र’बाट माथि उक्लिने यात्रामा ‘ब्रेक’ !

संयुक्त राष्ट्र संघले नेपाललाई सन् २०२६ को नोभेम्बरमा विकासशील...

नेप्सेमा बुङ्गल हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुङ्गल हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

आईपीओको तयारीमा रहेको मारुती सिमेन्ट्सद्वारा १० प्रतिशत लाभांश प्रस्ताव

मारुती सिमेन्ट्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर...

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...
spot_img
spot_img
spot_img