ब्रोकर नम्बर ५८ अर्थात् नासा सेक्युरिटिजले नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजन गर्ने भएको छ। नेपाल क्रिकेट संघ क्यान र नासा सेक्युरिटिजबीच आज जर्सी प्रायोजन सम्बन्धि सम्झौता भएको हो।
सम्झौतामा क्यानका अध्यक्ष चतुर बहादुर चन्द र नासा सेक्युरिटिजका प्रबन्ध निर्देशन मदन पौडेलले हस्ताक्षर गरेका छन् । तीन वर्ष अवधिको लागि सम्झौता भएको हो।
आज नासा सेक्युरिटीजको नामसहित जर्सी सार्वजनिक गरिएको छ । न्यूनतम मूल्य २ करोड रुपैयाँ सहित क्यानले जर्सी स्पोन्सरसिपको लागि टेण्डर खुलाएको थियो । नासा सेक्युरिटीजले कति रकम हालेर स्पोन्सरसिप पाएको हो , खुलाईएको छैन।












