Saturday, June 20, 2026
spot_img

एनपिएल अक्सनको लागि १५० खेलाडीको अन्तिम सूची घोषणा, श्रेणी ए मा आठ जना

spot_img
spot_img

घरेलु मैदानमा आयोजना हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी छनोटका लागि हुने अक्सनमा आज १५० जना खेलाडीको अन्तिम सूची घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सार्वजनिक गरेकोे सूचीमा ४५८ जना खेलाडीले दर्ता गरेकामा ती खेलाडीको अन्तिम सूची घोषणा गरेको छ । एनपिएलमा सहभागी आठ टोलीले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार ती खेलाडीलाई अन्तिम सूचीमा समावेश गरिएको क्यानले जनाएको छ ।

ती खेलाडीलाई विभिन्न श्रेणीमा विभाजन गरिएको छ । यसमा श्रेणी ए मा आठ खेलाडी परेका छन् । यसमा अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेष्वाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम छन् । त्यस्तै श्रेणी बी मा अनिल खरेल, अर्जुन कुमाल, दीपक बोहोरा, कृष्ण कार्की, प्रज्वल थापालगायत ३५ तथा श्रेणी सी मा १०७ जना खेलाडी छन् ।

उक्त प्रतियोगिताको लागि यही साउन २४ गते अक्सन हुने क्यानले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img