लुम्बिनी लायन्सले सार्वजनिक गर्यो नयाँ लोगो

spot_img
spot_img

लुम्बिनी लायन्सले आज आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । यो लोगो केवल एक ग्राफिक चिन्ह मात्र नभई, यसले टिमको इतिहास, भावना र राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गर्ने क्लबले जनाएको छ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर बाहादुर जिसीले भने , “यो लोगोले क्रिकेट मैदानमा हाम्रो टिमको शक्ति मात्र होइन, लुम्बिनीको गौरवको पनि पहिचान दिलाउँछ । बुद्धको भूमि लुम्बिनीबाट जन्मिएको यो टिम मैदानमा गर्जन्छ र नेपाललाई विश्वसामु चिनाउँछ । लुम्बिनी लायन्सले खेल, संस्कृति र राष्ट्रिय गर्वलाई एउटै प्रतीकमा समेटेको छ ।”

क्लबका अनुसार नयाँ लोगोमा भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर, सम्राट अशोकद्वारा ई.पु. २४९ मा स्थपना गरिएको ऐतिहासिक अशोक स्तम्भ, नेपालको राष्ट्रिय झन्डाको रातो रङ, चन्द्र र सूर्यको प्रतीकजस्ता नेपाली पहिचान झल्काउने तत्वहरू समावेश गरिएको छ । सुनौलो अक्षरले लुम्बिनीमा बलिरहेको कहिल्यै ननिभ्ने शान्तिदीपलाई प्रतिनिधित्व गर्दछ ।

वि.सं. २०८१ मा स्थापना भएको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा फ्रेन्चाईज टिम उर्जा र उत्साहका साथ प्रस्तुत हुन तयार रहेको क्लबले जनाएको छ। नयाँ लोगोको माध्यमबाट नेपाली पहिचान र बुद्धको शान्ति सन्देश बोकेर नेपाली क्रिकेटमा नयाँ अध्याय सुरु गर्ने लक्ष्य क्लबले लिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानले खोज्यो विद्युत् व्यापारको अनुमति पाउने सुनिश्चितता, राख्यो ४ माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत्...

ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नबिल बैंकले दियो आवेदन

नबिल बैंक लिमिटेडले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल...

ChatGPT बाट छुट्टिएकाले खोलेको कम्पनी एन्थ्रोपिकले १०० अर्ब डलरको आईपीओ ल्याउने

कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रको प्रमुख कम्पनी एन्थ्रोपिक (Anthropic) ले...

चितवन राइनोजको सह-प्रायोजक बन्यो किसान एग्रोबेस इन्डस्ट्रिज

नेपाल प्रिमियर लिगमा सहभागी टिम चितवन राइनोजको सह प्रायोजकको...

ग्यासमा भ्याटः निगमले क्षेत्राधिकार बाहिर गएर सर्कुलर जारी गरेको आरोप, मूल्य के होला ?

नेपाल आयल निगमले एलपी ग्यास बिक्रेतालाई अनिवार्य रुपमा भ्याट...