मलेसियामा जारी एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेट प्रतियोगीताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । भुटानविरुद्ध नेपाल पहिले ब्याटिङ गर्ने भएको छ ।
नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको हो । समूह ए अन्तर्गतको यस खेल क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा हुनेछ ।
हालसम्म नेपालले खेलेका तीनवटै खेल जितेको छ र सेमिफाइनल खेल्ने पनि पक्का भइसकेको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा जापानलाई ९ विकेटले हराएको थियो तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध ३७० रनको विशाल जित निकालेको थियो ।
समूह ए मा नेपालको ३ खेलमा ६ अंक छ भने सिंगापुरको ४ खेलबाट ३ जितसहित ६ अंक छ । दुवै टोली सेमिफाइनलमा पुगेका छन् ।