फिफा विश्वकप २०२६ का लागि थप ३ वटा देश छनोट भएका छन्। मंगलबार सम्पन्न खेलहरुबाट ब्राजिल, इक्वेडर र अष्ट्रेलियाले विश्वकप २०२६ को लागि स्थान पक्का गरेका हुन् ।
ब्राजिल र इक्वेडर उत्तर अमेरिकी छनौटमा शिर्षक ६ मा रहने पक्का भएसंगै विश्वकपमा स्थान बनाएका हुन् । त्यस्तै एशियन छनौट मार्फत अष्ट्रेलिया छनौट भएको हो। एशियन छनौटबाट गत साता उज्बेकिस्तान, साउथ कोरिया र जोर्डनले पनि विश्वकपको लागि स्थान पक्का गरिसकेको छ। जस मध्ये उज्बेकिस्तान र जोर्डन पहिलो पटक विश्वकपको लागि छनौट भएका हुन् ।
फिफा विश्वकप २०२६ संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुँदैछ, र यो प्रतियोगितामा कुल ४८ टोलीले भाग लिनेछन्। आयोजक देशहरू स्वतः छनोट हुने भएकाले क्यानडा, संयुक्त राज्य अमेरिका र मेक्सिको पहिलेदेखि नै योग्य छन्।
आजको दिनसम्म विश्वकपमा छनौट हुने देशको संख्या १३ पुगेको छ। अब बाँकी ३५ स्थानका लागि विभिन्न महादेशहरूमा छनोट प्रक्रिया जारी छ, र आगामी दिनहरूमा थप देशहरूले आफ्नो स्थान सुनिश्चित गर्नेछन्।
हालसम्म विश्वकप २०२६ को लागि छनौट भएका देशहरु : क्यानाडा, मेक्सिको, अमेरिका, जापान, न्युजील्याण्ड, इरान, अर्जेन्टिना, उज्बेकिस्तान, साउथ कोरिया, जोर्डन, अष्ट्रेलिया, ब्राजिल, र इक्वेडर












