Saturday, June 20, 2026
spot_img

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल नियुक्त, को हुन् उनी ?

spot_img
spot_img

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका पूर्व क्रिकेटर स्टुअर्ट ललाई नियुक्त गरेको छ। क्यानको भैरहवामा बसेको बोर्ड बैठकले ललाई आगामी दुई वर्षका लागि प्रशिक्षकको जिम्मेवारी सुम्पने निर्णय गरेको हो।

स्टुअर्ट ल एक प्रख्यात अष्ट्रेलियाली क्रिकेटर र प्रशिक्षक हुन्, जो आफ्नो खेलाडी करियरमा मध्यक्रमका आक्रामक ब्याट्सम्यानको रूपमा परिचित थिए। उनले अष्ट्रेलियाको घरेलु क्रिकेटमा क्विन्सल्यान्डको प्रतिनिधित्व गरेका थिए र सन् १९९० को दशकमा अष्ट्रेलिया राष्ट्रिय टोलीबाट एक टेस्ट र ५४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए। प्रशिक्षण करियरमा भने उनले विभिन्न देश र टोलीहरूसँग काम गरेका छन्। नियुक्तिअघि उनी वेस्टइन्डिज क्रिकेट टोलीको मुख्य प्रशिक्षक थिए, जहाँ उनले सन् २०१९ देखि २०२२ सम्म टोलीको नेतृत्व गरे। त्यसअघि उनले बंगलादेश, श्रीलंका र अष्ट्रेलियाको घरेलु टोलीहरूसँग पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।

क्यानका सचिव पारस खड्काले स्टुअर्टको अनुभव र नेतृत्वले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे। “उनको अन्तर्राष्ट्रिय अनुभव र एसोसिएट राष्ट्रहरूको क्रिकेटप्रतिको बुझाइले हामीलाई ठूलो फाइदा पुग्नेछ,” खड्काले भने। यो नियुक्ति गत जनवरीमा भारतीय प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता सकिएपछि रिक्त रहेको पदमा भएको हो।

नेपालले आगामी दिनमा टी-२० विश्वकप र अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको तयारी गरिरहेको छ। स्टुअर्ट लको आगमनले टोलीको प्रदर्शनमा सुधार आउने अपेक्षा गरिएको छ। उनले चाँडै नै टोलीसँग जोडिएर प्रशिक्षण सुरु गर्ने बताइएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...
spot_img