Saturday, June 20, 2026
spot_img

न्युजिल्यान्ड पनि आगामी फिफा विश्वकपको लागि छनौट

spot_img
spot_img

सन् २०२६ मा हुने फिफा विश्वकपको लागि न्युजिल्यान्ड पनि छनौट भएको छ। मार्च २४, २०२५ मा भएको ओसियाना क्षेत्रको छनोट फाइनलमा न्युजिल्यान्डले न्यु क्यालेडोनियालाई ३-० को नतिजाले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो।

खेलको दोस्रो हाफमा माइकल बक्सल, कोस्टा बार्बाराउसेस र एलिजाह जस्टले गोल गरेपछि “अल ह्वाइट्स” उपनामले चिनिने न्युजिल्यान्ड टोलीले ऐतिहासिक सफलता हासिल गरेको हो। खेल औकल्यान्डको इडेन पार्कमा भएको थियो। ओसियाना क्षेत्रले पहिलो पटक विश्वकपमा प्रत्यक्ष प्रवेशको कोटा पाएको कारण यो छनोट न्युजिल्यान्डका लागि विशेष महत्त्वको थियो।

यो जितसँगै न्युजिल्यान्डले तेस्रो पटक विश्वकपमा सहभागिता जनाउने अवसर प्राप्त गरेको छ। यसअघि न्युजिल्यान्डले सन् १९८२ र २०१० मा विश्वकप खेलेको थियो।

न्यु क्यालेडोनियाले भने अब अन्तरमहादेशीय प्ले-अफमार्फत विश्वकपमा पुग्ने अवसरका लागि संघर्ष गर्नेछ। न्युजिल्यान्डका कप्तान क्रिस वुड पहिलो हाफमा चोटका कारण मैदानबाट बाहिरिए पनि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गरेको प्रशिक्षक ड्यारेन बाजेलेले बताए।

 विश्वकप सन् २०२६ को जुन ११ देखि जुलाई १९ सम्म चल्नेछ, र न्युजिल्यान्डले यस प्रतियोगितामा आफ्नो प्रभाव छोड्ने आशा राखेको छ।

केहि दिन अघि जापान पनि विश्वकपको लागि छनौट भएको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...
spot_img