Saturday, June 20, 2026
spot_img

जापान बन्यो आगामी विश्वकपको लागि छनौट हुने पहिलो देश

spot_img
spot_img

फिफा विश्वकप २०२६ का लागि छनोट हुने पहिलो देशको रूपमा जापानले आफ्नो स्थान पक्का गरेको छ। जापानले बहराइनमाथि २-० को जित हासिल गर्दै यो उपलब्धि हात पारेको हो।

यो जितसँगै जापान आयोजक देशहरू क्यानडा, संयुक्त राज्य अमेरिका र मेक्सिकोसँगै विश्वकप खेल्ने पक्का भएको पहिलो टोली बनेको छ।

फिफा विश्वकप २०२६ संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुँदैछ, र यो प्रतियोगितामा कुल ४८ टोलीले भाग लिनेछन्। आयोजक देशहरू स्वतः छनोट हुने भएकाले क्यानडा, संयुक्त राज्य अमेरिका र मेक्सिको पहिलेदेखि नै योग्य छन्। आजको दिनसम्म अन्य कुनै देशले औपचारिक रूपमा छनोट पक्का गरेको थिएन । तर आज जापानले स्थान पक्का गरेको हो। यस संगै जापानले लगातार छैठौ पटक विश्वकप खेल्ने छ।

जापानको यो उपलब्धिलाई फुटबल प्रशंसकहरूले उत्साहका साथ स्वागत गरेका छन्। अब बाँकी ४५ स्थानका लागि विभिन्न महादेशहरूमा छनोट प्रक्रिया जारी छ, र आगामी दिनहरूमा थप देशहरूले आफ्नो स्थान सुनिश्चित गर्नेछन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...
spot_img