फिफा विश्वकप २०२६ का लागि छनोट हुने पहिलो देशको रूपमा जापानले आफ्नो स्थान पक्का गरेको छ। जापानले बहराइनमाथि २-० को जित हासिल गर्दै यो उपलब्धि हात पारेको हो।
यो जितसँगै जापान आयोजक देशहरू क्यानडा, संयुक्त राज्य अमेरिका र मेक्सिकोसँगै विश्वकप खेल्ने पक्का भएको पहिलो टोली बनेको छ।
फिफा विश्वकप २०२६ संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुँदैछ, र यो प्रतियोगितामा कुल ४८ टोलीले भाग लिनेछन्। आयोजक देशहरू स्वतः छनोट हुने भएकाले क्यानडा, संयुक्त राज्य अमेरिका र मेक्सिको पहिलेदेखि नै योग्य छन्। आजको दिनसम्म अन्य कुनै देशले औपचारिक रूपमा छनोट पक्का गरेको थिएन । तर आज जापानले स्थान पक्का गरेको हो। यस संगै जापानले लगातार छैठौ पटक विश्वकप खेल्ने छ।
जापानको यो उपलब्धिलाई फुटबल प्रशंसकहरूले उत्साहका साथ स्वागत गरेका छन्। अब बाँकी ४५ स्थानका लागि विभिन्न महादेशहरूमा छनोट प्रक्रिया जारी छ, र आगामी दिनहरूमा थप देशहरूले आफ्नो स्थान सुनिश्चित गर्नेछन्।