Saturday, April 19, 2025
spot_img

पौडी सिक्न चाहनेहरूका लागि काठमाडौँमा खुल्यो ‘स्वीमहब एकेडेमी’

पौडी सिक्न चाहनेहरूका लागि ‘स्वीमहब एकेडेमी’ सञ्चालनमा आएको छ । सबै खालका उमेर समूहका व्यक्तिहरुलाई सजिलै पौडी सिकाउन सकिने गरि स्वीमहब एकेडेमी सञ्चालनमा आएको हो ।

एकेडेमीले विभिन्न उमेर समूहका व्यक्तिहरुलाई स्तरीय पौडी तालिम उपलब्ध गराउने सञ्चालक रितेश खड्काले जानकारी दिए ।

अनुभवी प्रशिक्षकद्वारा तालिम

स्वीमहब एकेडेमीले नयाँ सिक्नेहरूदेखि प्रतिस्पर्धात्मक पौडी खेलाडीहरूसम्म सबैका लागि विशेष प्रशिक्षण कार्यक्रम ल्याएको छ । अनुभवी प्रशिक्षकहरूको मार्गदर्शनमा विद्यार्थीहरूले पौडी प्रविधि, पानी सुरक्षाका उपाय, शारीरिक फिटनेस र प्रतिस्पर्धात्मक पौडी सीप विकास गर्न सक्ने एकेडेमीले जनाएको छ ।

बच्चादेखि वृद्धसम्मका लागि विशेष कक्षाहरू उपलब्ध गराइने र जसले पौडी सिक्न र सिकिसकेकाहरुलाई थप सुधार गर्न सहज बनाउने विश्वास लिइएको छ । साथै, प्रशिक्षित लाइफगार्डहरूको व्यवस्था गरिएको र यसले प्रशिक्षार्थीहरूको सुरक्षा सुनिश्चित गर्ने पनि बताइएको छ ।

विशेष छुट र सदस्यता योजना

सुरुवाती अवधिमा विशेष छुट तथा आकर्षक सदस्यता योजनाहरू उपलब्ध गराइने एकेडेमीले जनाएको छ । जसले पौडी सिक्न चाहनेहरूलाई थप प्रेरित गर्नेछ ।
इच्छुक व्यक्तिहरूले काठमाडौँको बानेश्वर र भक्तपुरको लोकन्थलीस्थित केन्द्रहरूमा सम्पर्क गर्न सक्नेछन् ।

‘अब पौडी सिक्ने मात्रै होइन, कुशल पौडीबाज बन्ने अवसर हामीले उपलब्ध गराउने छौँ’ खड्काले भने ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फोहोर वर्गीकरण गर्न महानगरले वडालाई दियो एक एक लाख

काठमाडौं महानगरपालिकाले प्रत्येक वडालाई फोहोर वर्गीकरण गर्न एक एक...

परीक्षा बोर्डले भन्योः कक्षा १२ को परीक्षा सरेको छैन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी...

रेडमी ए५ नेपालमा सार्वजनिक, मूल्य कति ?

शाओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी...

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा सडक आश्रितलाई १८ दिन भोजन

सिटिजन्स बैंकले आफ्नो १८औं बार्षिक उत्सवको अवसरमा घरबारविहीन र...

नाडासँग बीमा प्राधिकरणका अध्यक्षले भने, ‘ईभीको लागि छुट्टै बीमा पोलिसी बन्दैछ’

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका प्रतिनिधिमण्डलले बीमा प्राधिकरणका अध्यक्ष...

हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि सञ्चालनमा

हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालनमा आएको छ...
spot_img