Saturday, June 20, 2026
spot_img

क्रिकेटमय बन्दै २०२५ः यस्तो छ क्यानको वार्षिक क्यालेन्डर

spot_img
spot_img

नेपाल क्रिकेट संघ (क्यान)ले वर्ष २०२५ का लागि आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमार्फत क्यानका सचिव पारस खड्काले नेपालले सन् २०२५ मा खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तालिका सार्वजनिक गरेका हुन् ।

क्यानको क्यालेन्डर अनुसार नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले अप्रिलमा हङकङमा चार देशीय सिरिज खेल्नेछ । यो खेल २०२५ को पहिलो खेल हुनेछ । अप्रिल ९ देखि १३ सम्म हुने सिरिजमा नेपालसहित हङकङ, कतार र नामिबिया सहभागी हुनेछन् ।

मे १५ देखि ३० सम्म प्रि टुर टु यूके हुनेछ । यस लगत्तै जुन महिनामा दुई अन्तर्राष्ट्रिय सिरिज हुनेछ । जुन २ देखि १२ सम्म विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीचको सिरिज हुनेछ । जुनमै स्कटल्यान्ड र नेपालबीच टी–२०आई हुनेछ ।

जुलाईमा टी–२० विश्वकप छनोटको तयारीका लागि श्रीलङ्कामा क्याम्प सञ्चालन हुनेछ । अगस्टमा भारतमा पकेट क्याम्प हुनेछ । अगस्टमै नेपालले विश्वकप छनोटको तयारीका लागि अस्टे«लिया टुर गर्नेछ ।

सेप्टेम्बरमा यूएईमा टेस्ट राष्ट्रसँग टी–२० आई सिरिज खेल्नेछ । कुन देशसँग यो सिरिज खेल्ने भन्ने खुलाइएको छैन ।

अक्टोबर १ देखि १७ सम्म ओमनमा टी–२० विश्वकप छनोट हुनेछ । अक्टोबर २३ देखि नोभेम्बर ४ सम्म यूएई र अमेरिकासँग विश्वकप लिग–२ अन्तर्गतको सिरिज चल्नेछ ।

नोभेम्बरमा नेपालले हङकङ सिक्सेस खेल्नेछ । डिसेम्बरमा ओमन र यूएईसँग लिग–२ र ओमनसँग टी–२०आई सिरिज खेल्ने छ । यस आधारमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिम वर्ष २०२५ मा हरेक महिना व्यस्त हुनेछ ।

क्यानले महिला टोलीको पनि तालिका सार्वजनिक गरेको छ । यस्तै, घरेलु लिग पनि महिनैपिच्छे चल्ने गरि तालिका तयार पारिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...
spot_img