नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन म्याट रोस नियुक्त भएका छन् । एन्फाले उनलाई एक वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
विदेशी प्रशिक्षक नहुँदा नेपालले नविन न्यौपानेको प्रशिक्षणमा ताजिकिस्तान गएर घरेलु टोली र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसयता नेपालले कुनै खेल खेलेको छैन ।












