Sunday, May 3, 2026
spot_img
spot_img

बेटिङको प्रचार र ‘क्लिन फिड’ नीति विपरित भारतीय टिभीबाट ‘लाइभ’ आपत्तिजनक

spot_img
spot_img

खेलकुदका ठूला लिगहरु सञ्चालन हुनुपर्छ भन्ने आम नेपाली खेलप्रेमीहरुको माग रहँदै आएको छ । यसर्थ, अहिले चलिरहेको क्रिकेटको नेपाल प्रिमीयर लिग (एनपीएल) सफल बनाउने दायित्व हामी सबैको हो । यो नेपालको लागि गौरवको कुरा पनि भएकाले सफल बनाउन हामी सबै लाग्नुपर्छ भन्नेमा दुइमत छैन र हुनु हुँदैन ।

अर्को कुरा, यस्ता प्रतियोगीताहरु आयोजना हुँदा सम्बन्धित देशको अर्थतन्त्र चलायमान हुनुपर्छ । अहिले जसरी कर्पोरेट हाउसहरुले लगानी गरिरहेका छन्, यसको ‘भ्यालु’ र ‘भोलुम’ अझै बढाउँदै जानुपर्छ । समग्रमा भन्नुपर्दा, यस्ता लिगहरु सञ्चालन हुँदा सबै ‘स्टेकहोल्डर’ले लाभ पाउनुपर्छ । तर, अहिले एनपीएल आयोजना भइरहँदा ‘लोकल स्टेकहोल्डर’ भन्दा बाहिर ‘बेनिफिट’ जाने क्रम बढेको जस्तो देखिन्छ ।

विदेशी खेलाडी ल्याउने, लिगलाई अन्तराष्ट्रिय स्तरमा प्रचार गर्ने कुरालाई हामीले साथ दिनुपर्छ । तर, यसो भन्दै गर्दा विदेशी च्यानलमा लाइभ देखाउने नाममा अन्तराष्ट्रिय ‘विडिङ प्रोसेस’लाई ख्याल गरिएन भन्नेमा हाम्रो प्रश्न हो । हाम्रो आफ्नो सार्वजनिक खरिद ऐन छ, त्यसलाई पनि वेवास्ता गरियो । यसमा क्रिकेट संघ (क्यान) चुक्यो ।

अर्को कुरा, विदेशी च्यानलमा लाइभ देखाउनै हुँदैन भन्ने होइन । यसको प्रक्रिया गलत भयो भन्ने मात्रै हाम्रो चिन्ताको विषय हो । तर, के नेपालका मिडिया यति कमजोर हुन् त ? जसले विश्वकप फुटबल लाइभ देखाउन सके, ति मिडियाहरु एनपीएलको लाइभ गर्न असक्षम थिए त ? नेपालका विज्ञापन एजेन्सी र मिडिया हाउसहरु अहिले क्यानले विदेशीलाई दिएको काम गर्न नसक्ने नै हुन् त ? यदि सक्षम होइनन् भने आधिकारिक रुपमा क्यानले, सरकारले तिमीहरुको क्षमता थिएन भन्नुपर्यो, यो यो कारणले तिमीहरु योग्य थिएनौँ भन्नुपर्यो, होइन भने स्वदेशी स्टेकहोल्डरलाई यति साह्रो उपेक्षा किन गरियो ? यसको जवाफ हामीले खोजेका हौँ ।

सेरोगेट विज्ञापनका नाममा बेटिङको प्रचार
अहिले एनपीएलमा खुलमखुल्ला ‘बेटिङ साइट’हरुको प्रचार भएको समेत देखिएको छ । खेलाडीले लगाएका जर्सीमै बेटिङ साइटहरुको प्रचार हुनु बेटिङ बन्देज भएको मुलुकमा स्वभाविक मान्न सकिँदैन । साथै मुख्य स्पोन्सर कै रुपमा बेटिङ कम्पनीका सरोगेट विज्ञापन भईरहेका छन् । सामान्य नेपाली कलाकारहरुले अन्जानमा बेटिङको नाम लिएकै आधारमा ६÷८ महिना हिरासतमा बस्नु परेको घटना ताजै छ । आज ठूला सेलिब्रेटी भनिएकाहरु र खेलाडीहरुले नै जर्सीमा सेरोगेसी विज्ञापनका नाममा बेटिङको लोगो र नाम देखाउँदै हजारौँ दर्शकमाझ ‘प्रमोशन’ गर्दा कारबाही हुन्छ कि हुँदैन ?

विदेशी विज्ञापनहरु बजाउँदा, प्रशारण गर्दा विज्ञापन बोर्डबाट स्वीकृति लिनुपर्छ । के क्यानले खेलाडीका जर्सीमार्फत नै बेटिङ साइटहरुको प्रचार गर्न विज्ञापन बोर्डबाट अनुमति लिएको हो ? विज्ञापन बोर्डले यसलाई अनुमति प्रदान गरेको हो ? ठूला सेलिब्रेटी, खेलाडी, कलाकारले ढाडमै बोकेर (जर्सी लगाएर) बेटिङको प्रचार गर्नु आपत्तिजनक कुरा हो । के क्यानले जुवा तास खेल्न, अनलाइन बेटिङ गर्न प्रोत्साहन गर्न खोजेको हो ?

स्वदेशी पेय पदार्थलाई कम्तीमा ब्राण्डको मात्रै प्रचार गर्न देउ, रक्सी खान उत्प्रेरणा जगाउने खालको विज्ञापन गर्न नदिई उसको ब्राण्ड नामको प्रचार गर्न दिइनुपर्छ, यसले विदेशीहरु नेपाल आउँदा उनीहरुले थाहा पाउँछन् भन्दा चाहिँ मानिँदैन । तर, सेरोगेसीका नाममा खुलेयाम बेटिङ कम्पनी र साइटहरुको प्रचार चाहिँ गर्न पाइने । यो कस्तो बिडम्बना हो ?

‘क्लिन फिड’ नीति विपरित प्रशारण
अहिले क्यानले भारतीय च्यानलमार्फत एनपीएल लाइभ देखाइरहेको छ । यो काम गर्दा क्यानले सार्वजनिक खरिद ऐन र अन्तराष्ट्रिय ‘बिडिङ प्रोसेस’लाई त ख्याल गरेन नै, सँगै मुलुकले अंगिकार गरेको ‘क्लिन फिड’ नीतिलाई पनि ध्यान दिएन ।
अहिले क्लिन फिड नीति अनुसार नेपालमा विदेशी च्यानलहरु प्रशारण हुँदा विज्ञापन ‘रिप्लेस’ गरेर मात्रै प्रशारण हुनुपर्छ । अझ बुझ्ने गरि भन्दा, विदेशी च्यानलहरु नेपाली भूमीमा प्रशारण हुँदा त्यो च्यानलमा आउने उसका विज्ञापन कटाएर प्रशारण हुनुपर्छ । तर, क्यानले एनपीएल लाइभ गर्ने अधिकार विदेशी च्यानललाई दिँदा नेपाली प्रायोजकहरुमाथि अन्याय भएको छ । खेलमा ‘ब्रेक टाइम’ हुँदा प्रोमो मात्रै बजाएका छन्, अझ बेटिङ कम्पनीको एड पनि बजाएका छन् भन्ने पनि सुनिएको छ । यसमा हाम्रो आपत्ति हो ।

(नेपाल विज्ञापन संघ (आन)का अध्यक्ष सुदीप थापासँगको कुराकानीमा आधारित)

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img