हाल अमेरिकी ओभल अफिसमा भएको घटनालाई राष्ट्रपतिहरूको ब्यक्तित्वबाट (एकको अहंकार र अर्काको मुर्खता) उत्पन्न घटनाको रुपमा बुझ्नु हुँदैन । यो त अमेरिकी समाजमा विकसित हुँदै गरेका अन्तरद्वन्द्वको एक अभिब्यक्ति हो ।
वैदेशिक मामला (बिश्वमा आधिपत्य र लुट कायम गर्ने) मा आधारभुत रुपले एक हुने त्यहाँको शासक वर्ग, व्यापारी, मिडिया आदि समेत प्रस्टसँग विभाजित हुन थालेको छ । दुबै राष्ट्रपतिका अभिब्यक्तिहरु यही विभाजनबाट उत्पन्न भएका परिणाम हुन् ।
यो विभाजन स्वयं अर्थ व्यवस्थामा आउँदै गरेका अन्तरद्वन्द्व र सङ्कटको परिणाम हो । फ्रान्सेली क्रान्ति, रुसी क्रान्ति, अमेरिकी स्वन्तन्त्रता क्रान्ति आदिका समयमा शासक वर्गमा गहिरो विभाजन थियो । अमेरिकाका नयाँ शासकले खर्चिलो युद्ध रोकेर नाफादार खनिज सम्झौता गर्न खोजेको, वैदेशिक सहायता कतौटी गरेको पनि भित्री सङ्कट्लाई समाधान गर्नलाई हो ।
(विश्लेषक खगेन्द्र प्रसाईंको विचार)













