Friday, May 23, 2025
spot_img

भारतभन्दा नेपालमा प्रतितोला ४३ हजार महँगो भयो सुन, तस्करी बढ्ने चिन्ता

spot_img

भारत सरकारले सुन आयातमा लाग्ने भन्सार दर १५ प्रतिशतबाट ६ प्रतिशतमा झारेपछि नेपालभन्दा भारतमा सुन सस्तो भएको छ । यसअघि भारतमा सुन आयात गर्दा १५ प्रतिशत भन्सार लाग्ने गरेको थियो । गत मंगलबार आगामी वर्षको बजेट सार्वजनिक गर्दै भारतीय वित्तमन्त्री निर्मला सीतारमणले भन्सार दर ६ प्रतिशतमा झारिन् ।

यसअघि नै नेपालभन्दा भारतमा सुन सस्तो रहेकोमा भन्सार दर घटेसँगै नेपालको तुलनामा भरतमा सुन अझै सस्तो भएको छ ।

गत जेठ १५ गते पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत् सुनमा लाग्दै आएको भन्सार १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याए । तर, भारतले भन्सार दर घटाएपछि भारतमा अझै सुनको मूल्य घट्ने देखिएको छ ।

आज बिहिबार नेपालमा छापावाला सुन प्रतितोला एक लाख ४५ हजार र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । भारतमा नेपालको तुलनामा तोलामै ४३ हजार रुपैयाँसम्म सुन सस्तो पर्ने देखिएको छ ।

नेपालमा महँगो भएपछि भारतबाट नेपालतर्फ सुनको तस्करी हुने चिन्ता थपिएको छ । खुला सीमानाका कारण सुनको तस्करी बढ्ने चिन्ता व्यवसायीहरुले गरेका छन् ।

यसअघि पनि नेपालमा सुन तस्करी हुने गरेको र अब यो क्रम झन बढ्ने शंका व्यवसायीहरूको छ ।

spot_img

- Advertisement -

spot_img
spot_img

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...

बजेट निर्माणमा केन्द्रित छन् अर्थमन्त्री

अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको तयारीमा...
spot_img