आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६२ हजार १ सय ७५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार २ सय ७४ रुपैयाँ तोकिएको छ ।













