Monday, May 4, 2026
spot_img
spot_img

नेपाली बजारमा चाँदीको अभाव

spot_img
spot_img

नेपाली बजारमा केही दिनयता चाँदीको अभाव देखिन थालेको छ । पछिल्लो हप्ता (जनवरी १ देखि ७ सम्म) नेपाली बजारमा चाँदीको अभाव भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको आयात नै नहुँदा बजारमा अभाव देखिएको हो । महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यका अनुसार नेपालमा दुबई (यूएई)बाट चाँदी आयात हुने भएपनि पछिल्लो हप्ता बैंकहरुले ल्याउन नसक्दा बजारमा अभाव देखिएको हो ।

भारतीय बजारमा बढ्दो मागको असर

शाक्यका अनुसार सिटिजन्स बैंक, प्रभू बैंक र कुमारी बैंक चाँदी आयात गर्ने ‘पाइपलाइन’मा थिए । तर, कुमारी बाहेक अरु बैंकले ल्याउन सकेका छैनन् । जसका कारण दैनिक ४ देखि ५ सय किलोग्राम खपत हुने चाँदी अभाव भएको हो ।

‘बैंकहरुले दुबईमै चाँदी नपाउँदा आयात गर्न सकिरहेका छैनन् । सिटिजन्स, प्रभू र कुमारी बैंकमध्ये कुमारीले चाहिँ ल्यायो भन्ने सुनेको छु । बाँकी बैंकले ल्याउन सकेका छैनन्, उता (दुबई) पाउँनासाथ ल्याउलान्’ शाक्यले भने, ‘अब अहिलेका लागि पाइपलाइनमा भएका सिटिजन्स र प्रभू पनि चाँदी ल्याउने क्रममै भएकाले आयात भएपछि सहज हुन्छ ।’

भारतीय बजारमा चाँदीको माग अत्याधिक बढेका कारण नेपालले स्रोत बजार (दुबई)मै चाँदी पाउन नसकेको शाक्यको भनाइ छ । नेपालबाट थोरै मात्रामा अर्डर जाने र भारतबाट ठूलो मात्रामा अर्डर जाने भएकाले नेपाली बजार दुबईका लागि पनि प्राथमिकतामा नपरेको व्यवसायीहरु बताउँछन् ।

‘भारतको बजार पनि ठूलो छ, त्यहाँ चाँदीको माग पनि निकै ठूलो छ’ शाक्य भन्छन्, ‘डिमाण्ड बढी भएपछि सप्लायर्सको प्राथमिकतामा पनि भारतीय बजार नै परेको देखिन्छ ।’ उनका अनुसार चाँदीको भाउ निकै माथि जान्छ भन्ने चर्चाले अहिले भारतीय लगानीकर्ताहरुदेखि सर्वसाधारणसम्म चाँदीमा आकर्षित भएका छन् ।

अन्तर्राष्ट्रिय बजारमै बढ्दो डिमाण्ड

अन्तर्राष्ट्रिय बजारमा पनि चाँदीको माग बढ्दो छ । नेपाली बजारमा पनि सामान्य अवस्थामा दैनिक ४ सयदेखि ५ सय किलोसम्म चाँदी खपत हुन्छ । तर, धनतेरश लगायतका गरगहना खरिद गर्ने परम्परागत चाडवाडमा भने दैनिक १ हजारदेखि १५ सय किलोसम्म माग हुन्छ ।

चाँदीलाई अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरुले भविष्यमखी लगानीको वस्तुका रुपमा लिन थालेको र त्यसको चर्चा संसारभरी नै भइरहेकाले अहिले विश्व बजारमै चाँदीको भाउ बढेको व्यवसायीहरुको भनाइ छ । शक्ति राष्ट्रहरुले चाँदीलाई रणनीतिक धातुका रूपमा लिन थालेको र आयातसहित ‘स्टोर’ पनि बढाइरहेकाले नेपाल जस्ता देशहरुले आयात गर्नै मुस्किल परिरहेको उनीहरुको अनुभव छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पुरै सिलिण्डर ग्यास बिक्री गर्न दिन व्यवसायीको माग, निगमलाई आपूर्ति कै चिन्ता

मध्यपूर्वमा चर्किएको युद्धका कारण इन्धनको आपुर्तिमा समस्या भएपछि सरकारले...

धितोपत्र बोर्डको अध्यक्षका लागि ४७ जनाको आवेदन

नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि ४७ जनाले आफ्नो व्यक्तिगत...

लगानीकर्ताको आवाजलाई महासंघमार्फत नीति निर्माताको तहमा पुर्याउन खोज्दै सागर ढकाल

युवा व्यवसायी सागर ढकालले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा...

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा छापा

सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको...

राजस्व नघट्ने गरि सबै करका बोझहरु आगामी बजेटबाट घटाउँछु: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटबाट सबै करका बोझहरु...

५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय, कहाँ हुन्छ खर्च ?

सरकारले विश्व बैंकबाट ऋण र अनुदान रकम स्वीकार गर्ने...
spot_img