आज सोमबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । आइतबार प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २७ हजार १ सय ९५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ तोलामा १ सय ८५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार १७ रुपैयाँ तोकिएको छ ।













