आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २५ हजार ५० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ तोलामा १ सय १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ५ सय २५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ८ सय ८० रुपैयाँ तोकिएको छ ।













