आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४ हजार ९ सय ५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ८० रुपैयाँले बढेर प्रतितोला ६ हजार ६० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ६ सय २३ रुपैयाँ ५० पैसा तोकिएको छ ।
यसअघि घट्न थालेको सुनचाँदीको भाउ फेरि उकालो लाग्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर घटिरहेको सुनको भाउ बिहिबारबाट बढ्न थालेको हो ।











