आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला २ लाख ५८ हजारको किर्तीमानी मूल्यमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँमा आइपुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १७ हजार ८० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ७५ रुपैयाँले घटेर प्रतितोला ३ हजार २ सय ७५ रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ८ सय ८ रुपैयाँ तोकिएको छ ।













