आज बुधबार सुनको भाउ ऐतिहासिक उचाईमा पुगेको छ । मंगलबार प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँ पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १३ हजार ३ सय ९० रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज तोकिएको सुनको भाउ हालसम्मकै उच्च हो ।
आज चाँदीको भाउ भने तोलामा ८५ रुपैयाँले घटेर प्रतितोला ३ हजार २ सय ४० रुपैयाँमा पुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ७ सय ७८ रुपैयाँ तोकिएको छ।













