आज मंगलबार सुनको भाउ ऐतिहासिक उचाईमा पुगेको छ । सोमबार प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ८१ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँ पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १३ हजार ५० रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज तोकिएको सुनको भाउ हालसम्मकै उच्च हो ।
आज चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ३ सय २५ रुपैयाँमा पुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ८ सय ५० रुपैयाँ ५० पैसा तोकिएको छ ।











