आज सोमबार सुनको भाउ ऐतिहासिक उचाईमा पुगेको छ । आइतबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६ हजार १ सय रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज तोकिएको सुनको भाउ हालसम्मकै उच्च हो ।
आज चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला ३ हजार २ सय २० रुपैयाँमा पुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ७ सय ६० रुपैयाँ ५० पैसा तोकिएको छ ।













