झापा ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधिसभा निर्वाचन जित्ने निश्चित भएको छ । झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ ।
अब गन्न बाँकी मतभन्दा बालेनको अग्रता धेरै रहेकोले बालेनको जित निश्चित भएको छ । पछिल्लो मतगणना अनुसार बालेनले ४७ हजार ७ सय ८९ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका अध्यक्ष केपी शर्मा ओलीले १२ हजार ६ सय ९९ मत पाएका छन् । यो ३५ हजार ९० मतको अग्रता हो ।
झापा–५ मा कुल १ लाख ६ हजार ३ सय ७२ मत खसेको थियो । त्यसमध्ये अहिलेसम्म ७५ हजार ३ सय ७७ मत गणना भएको छ । अब ३० हजार ९ सय ५५ मत गन्न बाँकी छ । तर बालेनको अग्रता भने ३५ हजार काटिसकेको छ । यस संगै यहाँ बालेन जित्ने पक्का भएको हो ।
बालेन पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार समेत हुन् । उनको पार्टी रास्वपा बहुमत तर्फ लागेकोले बालेन प्रधानमन्त्री बन्ने पनि निश्चित जस्तै छ।












