प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन्। लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् ।
लामिछाने ३९ हजार ४६८ मतान्तरले विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् । यस क्षेत्रमा एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ र नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरूङले ४ हजार ९६९ मत ल्याए ।
लामिछाने तेस्रो पटका चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका हुन्। उनी यस अघि २०७९ र २०८० मा यहीँ क्षेत्रबाट चुनाव जितेका थिए ।












