Wednesday, July 9, 2025

ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्दा सिताले जितिन् आईफोन १६  

spot_img
spot_img

काठमाडौँको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्दा सिता भट्टराईले आईफोन १६ जितेकी छिन्। ज्वेलरीले दशैँ, तिहार तथा छठ पर्वलक्षित उपहार योजनामा एक जनाले आईफोन १६ जित्ने अफर ल्याएको थियो।

अभियानको अवधिमा ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गरेकी भट्टराईले आईफोन १६ जित्न सफल भएकी हुन् । ज्वेलरीले अभियान सकिएपछि भट्टराईलाई आईफोन १६ प्रदान गरिसकेको छ। २ महिनामा २ पटक ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्ने ग्राहक मध्येबाट लक्की ड्रमार्फत बिजेता छनोट गरिएको ज्वेलरीका संस्थापक स्किनर रसाइलीले जानकारी दिए।

दशैँ, तिहार तथा छठ पर्वलक्षित उपहार योजना अन्तर्गत ज्वेलरीले टूर प्याकेजको अफर पनि राखेको थियो । जसमा  २ महिनामा २ दम्पत्तिले सो अफर पाएको ज्वेलरीले जनाएको छ। अफर अन्तर्गत नै २ दम्पतिले  पाँचतारे होटलमा ‘वान नाइट स्टे’ पनि जितेका छन् । यस बाहेक गहना खरिद गर्नेहरु मध्येबाट लक्कीड्र गरि विभिन्न आकर्षक गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको ज्वेलरीले जनाएको छ ।

 काठमाडौँको न्युरोड खिचापोखरीमा रहेको ह्वाइट फेदर्स ज्वेलरी ७ वर्षदेखि ग्राहकहरुको सेवामा समर्पित छ । ह्वाइट फेदर्स सस्तो, सुलभ र गुणस्तरीय सुन, चाँदी तथा हिराका गरगहना पाइने गहना पसलको रुपमा चिनिन्छ ।

ह्वाइट फेदर्सले डिसेम्बर १२ तारिखको अवसर पारेर १२:१२ नामको विविध अफर पनि संचालन गर्ने तयारी गरेको छ। साथै क्रिसमसमा विभिन्न नयाँ योजनाको सुरुवात गर्ने जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img