Sunday, June 21, 2026
spot_img

सिजीका सामान किन्दा टी–२० वर्ल्डकपमा नेपालको खेल प्रत्यक्ष हेर्ने अवसर

spot_img
spot_img

सिजी ब्राण्डका सामान खरिद गर्दा उपभोक्ताले मुम्बईमा हुने टी–२० विश्वकप क्रिकेटमा नेपालको खेल प्रत्यक्ष हेर्ने अवसर पाउने भएका छन् । ‘अब पालो टी–२० वर्ल्डकपको’ भन्दै सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ भन्ने नाराका साथ नयाँ उपहार योजना सार्वजनिक गरेको हो ।

आगामी आईसीसी टी–२० वर्ल्डकपको उत्साहलाई मध्यनजर गर्दै ल्याइएको यस योजना अन्तर्गत ग्राहकहरूले सिजी ब्रान्डका सामानहरूको खरिदमा हातखाली नजाने पक्का उपहारहरू र बम्पर उपहारमा मुम्बईको विलासी भ्रमण जित्ने अवसर पाउने भएका हुन् ।

कम्पनीका अनुसार बम्पर उपहारमा विजेताहरूले आईसीसी टी–२० वर्ल्डकप मुम्बईको पूर्ण भ्रमण प्याकेज प्राप्त गर्नेछन् ।यो योजनामा सहभागी हुन CG [space] Warranty Card no. [space] Product Name [space] Customer Name [space] Address टाइप गरेर ३१००३ (31003) मा SMS पठाउनुपर्नेछ र  लक्की ड्रमार्फत विजेताहरू छनोट गरिनेछ ।

विजेताले ५ दिने मुम्बई भ्रमण (5 Days Full Trip to Mumbai) को अवसर प्राप्त गर्नेछन्, जसमा दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ र खानपिनको सम्पूर्ण सुविधा, मुम्बई सिटी टुर (City Tour) र मुम्बईको वानखेडे स्टेडियममा हुने ‘नेपालको खेलको टिकट समावेश गरिएको छ।

कम्पनीले जनाए अनुसार, बम्पर उपहारबाहेक सिजी ब्रान्डका विभिन्न उपकरणहरूको खरिदमा ग्राहकले हातखाली नजाने गरी निम्न पक्का उपहारहरू (Sure Shot Gifts) प्राप्त गर्न सक्नेछन्। जसमा माइक्रोवेभ ओभनको खरिदमा नि:शुल्क कुकिङ किट (Cooking Kit), सिजी तथा सिजी मेरिडिया (CG Meridia) को ४३ इन्चभन्दा माथिका टेलिभिजनको खरिदमा ९ महिनाको नेट टिभी (NetTV) सब्स्क्रिप्शन, त्यसको साथसाथै सिजी ब्रान्डको फ्रन्ट लोड वाशिङ मेसिन (Front Load Washing Machine) को खरिदमा ३ केजी एरियल पाउडर र सिजी ब्रान्डको टप लोड वाशिङ मेसिन (Top Load Washing Machine) को खरिदमा सिजी ब्रान्डको इलेक्ट्रिक केटल (CG Kettle) प्राप्त गर्न सक्नेछन्।

यो योजना मंसिर २९ गतेदेखि नेपाल अधिराज्यभर सीमित अवधिको लागि लागू गरिएको छ ।

४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ ।

देशभर २१ वटा आधुनिक शोरुमहरू, ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ। साथै, ग्राहकहरूका सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइट www.cgdigital.com.np मार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ । यस सञ्जालले ग्राहकलाई छिटो, भरपर्दो र प्राविधिक रूपमा दक्ष सेवा प्रदान गर्दै, सीजी ब्रान्डलाई गुणस्तर र विश्वसनीय बनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मौद्रिक नीतिको लागि ब्रोकरको ६ बुँदे सुझाव, शेयर धितो कर्जाको गणना विधि परिमार्जन गर्न माग

स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि...

पीपीए गरेर काम नगरेका हाइड्रोको लाइसेन्स खारेज हुँदै, प्राधिकरणले माग्यो विवरण

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सौर्य उर्जा आयोजनाका प्रबर्दक...

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...
spot_img