Sunday, May 3, 2026
spot_img
spot_img

नयाँ फिचरसहित Redmi 15 र Redmi 15C सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य

spot_img
spot_img

विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ । यी दुवै स्मार्टफोन अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र नयाँ फिचरसहित उपभोक्तालाई उत्कृष्ट अनुभव दिलाउने उद्देश्यले बजारमा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार रेडमी १५ विशेषगरी लामो समयसम्म ब्याट्री र उत्कृष्ट प्रदर्शन चाहने उपभोक्तालाई लक्षित गरिएको छ । यसमा ७००० mAh क्षमताको विशाल ब्याट्री छ, जुन सजिलै दुई दिनसम्म टिक्न सक्छ । यसमा रहेको ३३W फास्ट चार्जिङ सुविधाले छोटो समयमा चार्ज गर्न सकिन्छ भने १८W रिभर्स चार्जिङ सुविधाका कारण आपतकालीन अवस्थामा पावर बैंकको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

कम्पनीले भनेको छ ‘यसको ६.९ इन्चको FHD+ डिस्प्ले रहेको र १४४Hz रिफ्रेस रेटले अत्यन्तै सजिलो अनुभव प्रदान गर्दछ । TÜV Rheinland ट्रिपल आई-केयरको सुविधा भएकाले आँखाको सुरक्षामा मद्दत गर्छ भने आकर्षक क्वाड-कर्भ डिजाइनले फोनलाई सजिलै समात्न र प्रयोग गर्न सहज बनाएको छ । साथै, IP64 सुरक्षाले सामान्य धुलो र पानीका छिटाबाट समेत सुरक्षित राख्छ । फोटोग्राफी प्रेमीहरूका लागि यसमा ५०MP एआई डुअल क्यामेरा प्रणाली र ८MP फ्रन्ट क्यामेरा उपलब्ध छ । शक्तिशाली Snapdragon 685 चिप, उन्नत HyperOS 2 र Google Gemini का साथ यसले गेमिङदेखि मल्टिटास्किङसम्म चलाउन सहजता सुनिश्चित गर्छ । साथै, यसमा २TB सम्मको एक्सप्यान्डेबल स्टोरेजको सुविधा पनि छ ।’

कम्पनीका अनुसार रेडमी १५C आफ्नो ७.९९mm स्लिम र प्रिमियम डिजाइनका कारण आकर्षक देखिन्छ । यो रेडमी १५ भन्दा अलि स्लिम भए पनि यसमा रहेको ६०००mAh क्षमताको ब्याट्रीले दिनभरि टिक्ने क्षमता राख्छ । यसमा ३३W फास्ट चार्जिङ र १०W रिभर्स चार्जिङ सुविधा रहेको छ । साथै, कम्पनीले यसमा २ वर्षको वारेन्टी उपलब्ध गराएको छ ।

कम्पनीले भनेको छ ‘यसमा ६.९ इन्चको HD+ डिस्प्ले र १२०Hz रिफ्रेस रेट रहेको छ, जसले गेमिङ र स्क्रोलिङलाई अझै सहज बनाउँछ । MediaTek Helio G81-Ultra प्रोसेसरले द्रुत र स्थिर प्रदर्शन सुनिश्चित गर्छ । यसमा पनि ५०MP एआई डुअल क्यामेरा र ८MP फ्रन्ट क्यामेरा उपलब्ध छन्, जसले पोर्ट्रेट वा नाइट मोडसहितका उत्कृष्ट फोटो खिच्न सक्षम बनाउँछ । रेडमी १५C मा पनि १TB सम्मको एक्सप्यान्डेबल स्टोरेज सुविधा, नवीनतम् HyperOS 2 र Google AI का Circle to Search तथा Gemini जस्ता स्मार्ट फिचरहरू उपलब्ध छन् । साथै, IP64 सुरक्षासहित यो फोन धुलो र पानीका छिटाबाट सुरक्षित रहन्छ । नयाँ स्मार्टफोनले उत्कृष्ट ब्याट्री लाइफ, उत्कृष्ट प्रदर्शन, आकर्षक डिजाइन र स्मार्ट फिचरसहित नेपाली उपभोक्तालाई सेवा प्रदान गर्ने शाओमीले विश्वास व्यक्त गरेको छ ।’

रेडमी १५ तीन आकर्षक रंगमा उपलब्ध छ — Sandy Purple, Titan Gray र Midnight Black । यस्तै, रेडमी १५C तीन चम्किला रंगमा उपलब्ध छ — Midnight Black, Moonlight Blue र Mint Green ।

मूल्य र भेरियन्ट

रेडमी १५
· ६GB + १२८GB : रु. १८,९९९

· ८GB + २५६GB : रु. २१,९९९

रेडमी १५C
· ४GB + १२८GB : रु. १४,९९९

· ६GB + १२८GB : रु. १६,४९९

· ८GB + २५६GB : रु. १८,९९९

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्वतः पदमुक्त भए २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु

विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त...

शेयरबजारमा Market Manipulation वा Insider Trading गर्नेलाई अब सम्पत्ति शुद्धीकरण मुद्दा

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १८ गते सम्पत्ति शुद्धीकरण (मनी...

आह्वान भइसकेको संसद अधिवेशन स्थगन गरेर ४ दिनमा ७ वटा अध्यादेश जारी, एउटा फिर्ता

आह्वान भईसकेको संसद अधिवेशन स्थगित गरेर सरकारले धमाधम अध्यादेश...

राष्ट्रपतिद्वारा अर्को एउटा अध्यादेश जारी, संवैधानिक परिषद् अध्यादेश भने फिर्ता

राष्‍ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,...

उद्योगी–व्यवसायीलाई बोलाएर रवि लामिछाने भने ‘नडराउनोस् नआत्तिनोस्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई...

१५९४ जना पदमुक्त हुँदै: विद्युत प्राधिकरण, नियमन आयोग, बीमा र धितोपत्र बोर्ड पनि परे

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी...
spot_img